FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

थाइल्याण्डकी राजकुमारी बज्रकितियाभाको ४७ वर्षको उमेरमा निधन भएको छ।

तीन वर्षभन्दा बढी समयदेखि कोमामा रहेकी राजकुमारीको बिहीबार राति निधन भएको थाइ शाही दरबारले शुक्रबार आधिकारिक घोषणा गरेको हो।

सन् २०२२ डिसेम्बरमा आफ्ना व्यायाम गर्ने क्रममा उनी अचानक ढलेकी थिइन्। चिकित्सकहरूका अनुसार मुटुमा भएको ‘माइकोप्लाज्मा’ संक्रमणका कारण उनको मुटुको धड्कन अनियन्त्रित भएको थियो। लामो समयदेखि अस्पतालमा सघन उपचार गराउँदा पनि उनको स्वास्थ्यमा सुधार आउन सकेको थिएन।
राजकुमारी बज्रकितियाभा राजा वजिरालोङकोर्नकी सात सन्तानमध्ये सबैभन्दा जेठी हुन्। उनले अमेरिकाको कर्नेल विश्वविद्यालयबाट कानूनमा उच्च शिक्षा हासिल गरेकी थिइन्।

उनले अस्ट्रियाका लागि थाइल्याण्डको राजदूत र संयुक्त राष्ट्र संघको लागुऔषध तथा अपराध नियन्त्रण कार्यालयमा क्षेत्रीय राजदूतका रूपमा काम गरेकी थिइन्। उनलाई विशेषगरी कारागार सुधार र महिला कैदीहरूको अधिकारका लागि काम गर्ने अभियन्ताका रूपमा चिनिन्थ्यो।
थाइल्याण्डको राजगद्दीको उत्तराधिकारीका रूपमा समेत उनलाई निकै प्रभावशाली मानिएको थियो। ७३ वर्षीय राजा वजिरालोङकोर्नले हालसम्म आफ्नो उत्तराधिकारी घोषणा नगरेको अवस्थामा राजकुमारीको निधनले थाइ शाही परिवारमा उत्तराधिकारको विषयलाई थप अन्योलपूर्ण बनाएको बीबीसीले समाचारमा उल्लेख गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय