FLASH NEWS
दशैँ-तिहारमा अलैँची टिप्न चटारो : दिनभर बगानमा रातभर भट्टीमा । गगन पक्षीय कांग्रेस महाधिवेशन: सभापतिमा निर्वाचित थापाको शपथ तथा पदबहाली भोलि । पिकअप भ्यान’को ठक्करबाट बालकको मृत्यु । ‘कबड्डी ५’ ले पायो युनिभर्सल सर्टिफिकेट । चाडपर्वलाई लक्षित मिठाई उत्पादन तथा बिक्री वितरणमा कडाइ । तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा । अशोक थापा मगर निर्देशित ‘जलाकी’ को गीत ‘कलेजीको छेऊ’ सार्वजनिक । यस वर्षको दशैँमा कस्तो रहला मौसम ? । मधेश प्रदेश सरकारलाई एमालेको समर्थन फिर्ता, चार मन्त्रीले दिए राजीनामा । नेप्से परिसूचक ८.२३ अंकले बढेर २६३४.१७ विन्दुमा उक्लियो । सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँले बढेर २ लाख ९० हजार १०० रुपैयाँ । पत्रकार किशोर श्रेष्ठविरुद्ध साइबर ब्यूरोमा उजुरी ।

३० असोज, काठमाडौं । कलाकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हिमेश पन्तले पत्रकार किशोर श्रेष्ठविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराएका छन् ।

शुक्रबार कलाकार पन्तले नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्युरो, भोटाहिटी, काठमाडौंमा पुगेर श्रेष्ठविरुद्ध कारबाहीको माग गर्दै औपचारिक उजुरी दर्ता गराएका हुन् ।

उजुरी निवेदनमा उल्लेख भएअनुसार, २०८३ असोज २९ गते अनलाइन मिडिया ‘जनआस्था’ तथा सोही सञ्चारमाध्यमका सम्पादक किशोर श्रेष्ठको आधिकारिक फेसबुक प्रोफाइलमार्फत आफ्नो चरित्रहत्या हुने गरी सामग्री सम्प्रेषण गरिएको पन्तको आरोप छ ।

उक्त अनलाइन तथा फेसबुक पेजबाट ‘कलाकार हिमेश, अरुको जग्गा हडप्नले कस्तो कानुन सिकाउने ?’ भन्ने शीर्षक राखी कपोलकल्पित, भ्रामक, अर्नगल र बदनियतपूर्ण समाचार सामग्री प्रकाशित तथा प्रसारित गरिएको निवेदनमा उल्लेख छ ।

विद्युतीय माध्यममार्फत आफ्नो व्यक्तिगत चरित्रहत्या गर्ने, व्यावसायिक निष्ठामा आघात पुर्याउने तथा राजनीतिक जीवन र छविलाई ध्वस्त पार्ने दुराशययुक्त कार्य भएको भन्दै पन्तले पत्रकार श्रेष्ठलाई आवश्यक कानुनी कारबाही गर्न माग गरेका छन् ।

उक्त उजुरीसँगै पन्तले आवश्यक स्क्रिनसटहरू र नागरिकताको प्रतिलिपि समेत प्रमाणका रूपमा ब्युरोमा पेस गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय