FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्व राजनीतिमा देखिएको विद्यमान परिस्थितिमा नेपालले सन्तुलित कूटनीति अपनाउँदै अघि बढ्नुपर्ने बताएका छन् ।

गणेशमान फाउन्डेसन गण्डकी प्रदेश समितिद्वारा आईतबार पोखरामा आयोजित समसामयिक भूराजनीतिक विषयक अन्तर्क्रियामा उनले शक्ति राष्ट्रबिच भइरहेको द्वन्द्वका कारण विश्वको सामाजिक, आर्थिक क्षेत्र प्रत्यक्ष प्रभावित रहेको बताए ।

विश्व परिवेश तीव्र रूपमा परिवर्तन भइरहेका बेला नेपालले सन्तुलित कूटनीतिक अपनाउँदै आर्थिक, सामाजिक र राजनीतिक स्थायित्व कायम गर्नुपर्ने जोड दिँदै मुख्यमन्त्री पाण्डेले भने, ‘राष्ट्रिय हितको संरक्षणका लागि सम्पूर्ण नेपाली एकताबद्ध हुनु अपरिहार्य छ ।’

फाउन्डेसनका अध्यक्ष दुर्गाप्रसाद तिमिल्सिनाले नेपालको स्वतन्त्रताको आन्दोलनमा गणेशमान सिंहले गरेको योगदान अतुलनीय भएको बताए । व्यक्तिगत स्वार्थको पछि नलागी सिंहले गरेको त्याग र समर्पण भावी पुस्ताका लागि पनि प्रेरक भएको उनको भनाइ छ ।

बुद्धछिरिङ मोक्तान र आनन्दराज मुल्मीले लौहपुरुष गणेशमान सिंहले मुलुकको प्रजातान्त्रिक आन्दोलनमा पुर्‍याएको अतुलनीय योगदानका बारेमा चर्चा गरेका थिए । कार्यक्रममा प्रदेशअन्तर्गतका विभिन्न जिल्लाका राजनीतिक, सामाजिक व्यक्तित्वहरूको सहभागिता रहेको फाउन्डेसनका गण्डकी प्रदेशका सदस्य कुमार रानाले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय