FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

भारत भ्रमणमा रहेका रास्वपा सभापति रवि लामिछाने र भारतका गृहमन्त्री अमित शाहबीच आज (मंगलबार) भेटवार्ता हुने भएको छ। रास्वपा प्रवक्ता मनिष झाका अनुसार लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलले भारतीय गृहमन्त्री शाहसँग भेट गर्ने भएको हो।

उनले नेपाल-भारत सम्बन्ध, आपसी हित, लोकतान्त्रिक अभ्यास, सुरक्षा सहकार्य तथा दुई देशका राजनीतिक दलहरूबीचको संवाद र सहकार्यका विषयमा विचार विमर्श हुने अपेक्षा गरिएको जानकारी दिए। पाँचदिने औपचारिक भ्रमणका लागि लामिछानेसहितको प्रतिनिधिमण्डल  सोमबार दिल्ली पुगेको हो।

यसअघि नयाँ दिल्लीस्थित भारतीय जनता पार्टी (भाजपा) को कार्यालयमा लामिछानेलाई स्वागत गरिएको थियो। लामिछानेको स्वागतमा भाजपा कार्यालयमा रातो कार्पेट बिछ्याएर बाजागाजासहित स्वागत गरिएको थियो।

त्यसक्रममा भाजपा अध्यक्ष नितिन नवीन र सभापति लामिछानेबीच विभिन्न उपहार आदानप्रदान भएको छ। लामिछानेले अध्यक्ष नितिन नवीनलाई रुद्राक्षको माला लगाइदिएका छन्।

सत्तारूढ भाजपाको निमन्त्रणामा सोमबार दिल्ली गएका लामिछानेले आजदेखि उच्चस्तरीय भेटवार्ता सुरु गरेका छन्। लामिछाने जेठ २२ गतेसम्म भारतमै रहने तालिका छ।

भेटघाट, छलफल तथा भ्रमणका लागि नयाँदिल्लीस्थित नेपाली दूतावासले समन्वय गरेको छ। भ्रमणका क्रममा लामिछाने अयोध्या जाने कार्यक्रम पनि छ।

सभापति लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी धर्मपत्नी निकिता पौडेल, रास्वपाका सहमहामन्त्री विपिनकुमार आचार्य, रास्वाका सचिवालय सदस्य दीपक बोहरा र स्वकीय सचिव प्रदीप आचार्य सहभागी छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय