FLASH NEWS
चीनद्वारा पाकिस्तानी अन्तरिक्ष यात्रीसहित अन्तरिक्षयान प्रक्षेपण । दशौं राष्ट्रिय खेलकुद : आज पाँच खेलमा प्रतिस्पर्धा हुँदै । यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य । आज महिला हिंसा उन्मूलन दिवस, त्येक १० मिनेटमा एक महिला वा बालिकाको हत्या । २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ८१७ जनालाई कारबाही । यस्तो छ, बुधबार विदेशी मुद्राको विनिमयदर । आजको मौसम : गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै देशका हिमाली क्षेत्रमा आंशिक बादल लाग्ने । धुलिखेल अस्पतालमा ‘नबिल बर्न केयर वार्ड’, संयुक्त रुपमा गरियो उद्घाटन । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता: महिला बास्केटबलमा एपीएफ, सुदूरपश्चिम, आर्मी र बागमती विजयी । मापदण्डविपरीत चर्को आवाजमा बाजा नबजाउन रुपन्देही प्रशासनको अनुरोध । बुटवल यातायात कार्यालयबाट सात जना बिचौलिया नियन्त्रणमा । नेपाल–श्रीलंका चेम्बरको अध्यक्षमा पन्त निर्वाचित ।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली गत फागुनमा भएको निर्वाचनपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा सहभागी हुँदैछन् ।

एमाले केन्द्रीय संगठन विभागको आयोजनामा बुधबार हुन लागेका ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ विषयक दुईदिने राष्ट्रिय कार्यशालामा आली सहभागी हुन लागेका हुन् । कार्यशालाको उद्घाटन अध्यक्ष ओलीले गर्ने छन् ।

निर्वाचनमा पराजित भएपछि उनी कुनै पनि कार्यक्रममा सहभागी भएका थिएनन् । एमालेले आयोजना गर्न लागेको कार्यशाला बिहीबारसम्म चल्नेछ । काठमाण्डुको बबरमहलस्थित कार्की बैंक्वेटमा कार्यशाला हुँदैछ ।

पार्टीको सांगठनिक सुदृढीकरण तथा गतिशीलतालाई केन्द्रमा राखेर आयोजना गर्न लागिएको कार्यशालामा प्रदेश तथा जिल्ला इन्चार्जहरू (भारत प्रवाससमेत), प्रदेश कमिटी वा सो सरहका कमिटीका पदाधिकारी, कार्यालय सचिव, जिल्ला कमिटी अध्यक्ष, संगठन विभाग प्रमुख तथा जनसंगठन केन्द्रीय कमिटीका अध्यक्ष र संगठन विभाग प्रमुखहरूको सहभागिता रहने छ।

दुई दिनसम्म सञ्चालन हुने कार्यशालामा पार्टी सदस्यता विस्तार, नवीकरण प्रक्रिया, संगठन सुदृढीकरणका रणनीति तथा भावी योजनाबारे सघन छलफल र उत्प्रेरणामूलक अभिमुखीकरण गरिने छ।

कार्यशालामा एमालेको संगठनको समग्र वस्तुस्थितिबारे संगठन विभागका प्रमुख भानुभक्त ढकालले र सदस्यता नवीकरणको प्राविधिक पक्षका बारेमा केन्द्रीय सदस्य तथा संगठन विभाागका सदस्य माधव ढुंगेलले कार्यपत्र प्रस्तुत गर्ने तयारी छ।

सहभागीहरुलाई विभिन्न समुहमा विभाजन गरेर छलफल र प्रस्तुतीकरण समेत गर्ने कार्यसुची रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय