FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

सङ्घीय संसद् अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको कार्यविधि सर्वसम्मतिले पारित भएको छ। बुधवार सिंहदरबारमा बसेको समितिको बैठकले दफावार छलफल गरी उक्त कार्यविधि पारित गरेको हो।

समितिकी सभापति समीक्षा बास्कोटाले माननीय सदस्यहरूबाट प्राप्त भएका महत्त्वपूर्ण सुझावहरूलाई समेत मस्यौदामा समावेश गरेर ‘कानून, न्याय तथा मानव अधिकार समितिको कार्यविधि, २०८३’ सर्वसम्मतिले पारित गरिएको घोषणा गरिन्। यो कार्यविधिमा प्रतिनिधि सभा नियमावलीमा गरिएका नयाँ व्यवस्थाहरूलाई समेत समेटिएको उनले जानकारी दिइन्।

कार्यविधि पारित गर्दै सभापति बास्कोटाले भनिन्, “यो कार्यविधि हामीले यथेष्ट छलफल गरेर पारित गरेका छौँ। यसले समितिको कामकारबाहीलाई थप व्यवस्थित बनाउनेछ।”

बैठकमा उपस्थित सांसदहरूले कार्यविधिमाथि छलफल गर्नुका साथै राष्ट्रिय महत्त्वका विभिन्न विषयमा आवाज उठाएका थिए। बैठकमा बोल्ने अधिकांश सांसदहरूले विभिन्न संवैधानिक आयोगहरूले बुझाएका प्रतिवेदनहरू पूर्ण रूपमा कार्यान्वयन गराउनका लागि समितिले सरकारलाई आवश्यक दबाब दिनुपर्नेमा विशेष जोड दिएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय