FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशभरका ७७ वटै जिल्लाका लागि आफ्नो अधिवेशन कार्यतालिका सार्वजनिक गरेको छ । पार्टीको सङ्गठन सुदृढीकरण र नयाँ नेतृत्व चयनका लागि रास्वपाले देशभरका अधिकांश जिल्लामा शनिबार र आइतबार अधिवेशन गर्नेगरी कार्यतालिका सार्वजनिक गरेको हो ।

विवाद रहेको बारा जिल्लाको अधिवेशन जेठ २६ गतेका लागि तय गरिएको छ । सातै प्रदेशका प्रमुख जिल्लाहरूमा अधिवेशन हुनेछ । भोलि कोसी प्रदेशका झापा, मोरङ, सुनसरीसहित ८ जिल्ला, मधेसका महोत्तरी र रौतहट, बागमतीका काठमाडौँ, भक्तपुर, नुवाकोटसहित १० जिल्लामा अधिवेशन हुनेछ ।

त्यसैगरी गण्डकीका ५ जिल्ला, लुम्बिनीका ८ जिल्ला, कर्णालीका २ र सुदूरपश्चिमका ३ जिल्लामा नयाँ नेतृत्व चयन गरिने कार्यतालिका छ ।

दोस्रो दिन अर्थात् जेठ २४ गते कोसीका ४, मधेसका ४, बागमतीका चितवन, ललितपुर र रसुवा, गण्डकीका ४, लुम्बिनीका ३, कर्णालीका ६ र सुदूरपश्चिमका अछाम, कैलाली, कञ्चनपुरसहित ६ जिल्लामा अधिवेशन हुने केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी दिए ।

केसीका अनुसार विशेष कार्यतालिका बमोजिम मधेस प्रदेशको बारा जिल्लाको अधिवेशन भने जेठ २६ गते सम्पन्न हुनेछ । अधिवेशन सम्पन्न गर्नका लागि ७७ वटै जिल्लामा निर्वाचन समिति गठन भएको प्रमुख केसीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय