FLASH NEWS
आज फेरि सुनचाँदीको मूल्य घट्यो, तोलाको कति पुग्यो ? । पत्रकार भूपाल लुइँटेललाई गिद्दे प्रेस राष्ट्रिय पत्रकारिता पुरस्कार । चीनद्वारा पाकिस्तानी अन्तरिक्ष यात्रीसहित अन्तरिक्षयान प्रक्षेपण । दशौं राष्ट्रिय खेलकुद : आज पाँच खेलमा प्रतिस्पर्धा हुँदै । यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य । आज महिला हिंसा उन्मूलन दिवस, त्येक १० मिनेटमा एक महिला वा बालिकाको हत्या । २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ८१७ जनालाई कारबाही । यस्तो छ, बुधबार विदेशी मुद्राको विनिमयदर । आजको मौसम : गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै देशका हिमाली क्षेत्रमा आंशिक बादल लाग्ने । धुलिखेल अस्पतालमा ‘नबिल बर्न केयर वार्ड’, संयुक्त रुपमा गरियो उद्घाटन । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता: महिला बास्केटबलमा एपीएफ, सुदूरपश्चिम, आर्मी र बागमती विजयी । मापदण्डविपरीत चर्को आवाजमा बाजा नबजाउन रुपन्देही प्रशासनको अनुरोध ।

पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद् सुधन गुरुङले पार्टीभित्र विवाद नगर्न आग्रह गरेका छन् ।

रास्वपा गोरखाको प्रथम जिल्ला अधिवेशनको बन्द शत्रलाई आइतबार सम्बोधन गर्दै गुरुङले जारी जिल्ला अधिवेशनका क्रममा नेतृत्वका आकांक्षीहरुबीच हानहाहान भएको भन्दै त्यसो नगर्न भनेका हुन् । दुई/तीन ठाउँमा हानाहान भइरहेको आफूले देखेको उनको भनाइ थियो । आफैंभित्र हानाहान गर्ने प्रवृत्ति पुरानो राजनीतिक संस्कार बोकेका पार्टीहरुमा रहेको र आफूहरु त्यसमाथि माथि उठ्नुपर्ने उनले उल्लेख गरे ।

‘अधिवेशनका क्रममा मैले देखिरहेको छु कि दुई/तीन ठाउँमा हानाहान परिरहेको छ । त्यो भनेको पुरानो राजनीतिक संस्कार हो’, उनले भने, ‘यो कुरालाई तोडेर हामीले रास्वपा के हो भन्ने उदाहरण पेस गर्नुपर्नेछ ।’

उनले मिलेर संगठित हिसाबले अघि बढ्दा मात्र प्रदेश र स्थानीय तहमा आफूहरुको सरकार बन्न सक्नेतर्फ सचेत गराए । संघीय सरकारले मात्र देश बनाउन पर्याप्त नहुने भएकाले प्रदेश र स्थानीय तहको सरकार जित्न मिल्नैपर्ने गुरुङको भनाइ थियो ।

‘विवाद नहोस्, झगडा नहोस्’, गुरुङले भने, ‘संघीय सरकार हाम्रो बनिसकेको छ । प्रदेश र स्थानीय सरकार बनाउन यसरी हानाहान गरेर हुँदैन । मिलेर मात्र देश बनाउन सकिन्छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय