FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

नेपाली कांग्रेसले पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूलाई आज मध्यरातसम्म क्रियाशील सदस्यता अद्यावधिक गर्न निर्देशन दिएको छ ।

निर्धारित समयभित्र सदस्यता अद्यावधिक नगर्ने जनप्रतिनिधिहरूले आगामी असोजमा हुने पार्टीको १५औँ महाधिवेशनमा सहभागी हुन नपाउने कांग्रेसले जनाएको छ ।

महामन्त्री प्रदीप पौडेल संयोजक रहेको क्रियाशील सदस्यता व्यवस्थापन समितिले सूचना जारी गर्दै संघीय संसद्का सदस्य, प्रदेशका मुख्यमन्त्री, मन्त्री, प्रदेशसभा सदस्य तथा स्थानीय तहका जनप्रतिनिधिलाई जेठ २७ गतेभित्र अनिवार्य रूपमा क्रियाशील सदस्यता अद्यावधिक गर्न आग्रह गरेको हो ।

समितिले पार्टीका केन्द्रीय पदाधिकारी तथा सदस्य, प्रदेश कार्यसमितिका पदाधिकारी र सदस्य, जिल्ला, प्रदेशसभा क्षेत्र, पालिका तथा वडा समितिका पदाधिकारी र सदस्यलाई पनि आजै मध्यरातसम्म सदस्यता अद्यावधिक गरिसक्न निर्देशन दिएको छ ।

त्यस्तै, भ्रातृ तथा शुभेच्छुक संस्थाका पदाधिकारीहरूलाई पनि तोकिएको समयभित्र सदस्यता अद्यावधिक गर्न भनिएको छ ।

कांग्रेसले जेठ १ गतेदेखि क्रियाशील सदस्यता अद्यावधिक अभियान सञ्चालन गर्दै आएको छ । पार्टीका अनुसार सामान्य क्रियाशील सदस्यहरूले भने भोलि मध्यरातसम्म पनि सदस्यता अद्यावधिक गर्न सक्नेछन् ।

गत पुस मसान्तसम्म नवीकरण वा नयाँ क्रियाशील सदस्यता लिएका सदस्यहरूबाट थप विवरण संकलन गर्ने उद्देश्यले अद्यावधिक प्रक्रिया अघि बढाइएको कांग्रेसले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय