FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

प्रतिनिधिसभाको बैठक बुधबार विरोधबीच सुरू भएको छ। बिहान ११ बजेका लागि बोलाइएको बैठक निर्धारित समयमा बस्न नसकेपछि केही घण्टा पर सारिएको थियो।

बैठक सुरू हुनासाथ श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो धारणा राख्दै प्रधानमन्त्री बालेन्द्र शाहले दिएको विवादास्पद अभिव्यक्तिप्रति आपत्ति जनाए। प्रधानमन्त्रीले ‘नेपालले पनि भारतको जग्गा मिचेको रहेछ’ भन्ने अभिव्यक्ति दिएपछि विपक्षी दलहरूले लगातार संसद अवरुद्ध गर्दै आएका छन्।

यस विषयमा सत्ता र विपक्षी दलहरूबीच सहमति जुटेको दाबी गरिए पनि श्रम संस्कृति पार्टीले भने ‘जसले गल्ती गरेको हो, उसैले सच्याउनुपर्छ’ भन्ने अडान कायम राखेको छ। हर्क साम्पाङले प्रधानमन्त्री स्वयंले आफ्नो अभिव्यक्ति सच्याएर स्पष्ट धारणा सार्वजनिक नगरेसम्म विरोध जारी रहने बताएका छन्।

सभामुख डोलप्रसाद अर्यालले बैठक सञ्चालन सुरु गरेलगत्तै केही विपक्षी सांसदहरूले उठेर विरोध जनाएका थिए। यद्यपि, दलहरूबीच भएको छलफलपछि प्रधानमन्त्रीको तर्फबाट परराष्ट्र मन्त्री शिशिर खनालले सदनमा स्पष्टीकरण दिने सहमति बनेको बताइएको छ।

विरोध र असहमतिका बीच पनि बुधबारको प्रतिनिधिसभा बैठक भने अगाडि बढेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय