FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्र शाहले सीमा सम्बन्धी विषयमा दिएको अभिव्यक्तिबारे आफ्नो स्पष्ट पार्नुपर्ने बताएका छन्।

बुधबार प्रतिनिधि सभाको बैठक सुरु हुने वितिक्कै श्रम संस्कृति पार्टीका सांसदले उभिएर विरोध जनाएका थिए। त्यसपछि सभामुख डोलप्रसाद अर्यालले साम्पाङलाई बोल्न समय दिएका थिए।

विपक्षी दलले सीमा सम्बन्धी विषयमा प्रधानमन्त्री शाहको अभिव्यक्तिबारे परराष्ट्रमन्त्री शिशिर खनाललाई बोल्न दिने सहमति गरेका थिए। त्यसमा असहमति जनाउँदै साम्पाङले प्रधानमन्त्री शाहको धारणा आउनुपर्ने बताए।

प्रधानमन्त्री शाहले नेपालले पनि भारतको जमिन मिचेको अभिव्यक्ति दिएका थिए। त्यसलाई लिएर विपक्षी दलले विरोध गर्दै आएका थिए भने आज छलफलपछि परराष्ट्रमन्त्री खनाललाई बोल्न दिने सहमति गरेका थिए।

प्रधानमन्त्रीको उपस्थित हुनुपर्ने बताउँदै साम्पाङले प्रश्न गरे, ‘प्रधानमन्त्रीको धारणा के हो त? बरु लिखित भन्दा पनि हुन्छ।’

जसले गल्ती गरेको हो, उसैले स्पष्टीकरण दिनुपर्ने साम्पाङको भनाइ थियो। उनले अन्य दलले सहमति जनाएपछि आफ्नो पार्टीले संविधानअनुसार, प्रधानमन्त्रीले नै स्पष्टीकरण दिनुपर्नेमा जोड दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय