FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का राष्ट्रिय सभाका संसदीय दलका नेता झक्कुप्रसाद सुवेदीले बालेन्द्र साहजस्तो व्यक्ति मुलुकको प्रधानमन्त्री हुनु नै नेपाली नागरिकका लागि दुर्भाग्य भएको टिप्पणी गरेका छन् ।

राष्ट्रिय सभाको बिहीबारको बैठकमा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

उनले प्रधानमन्त्री साहले नेपाल–भारतबीचको सीमा समस्याको विषयमा दिएको अभिव्यक्ति संसदको अभिलेखबाट हटाउनुका साथै प्रधानमन्त्रीले आम नागरिकसमक्ष माफी माग्नुपर्ने बताए । उनले मुलुकको प्रधानमन्त्रीले राष्ट्रियता र मातृभूमिसँग सम्बन्धित विषयमा गैरजिम्मेवार र आपत्तिजनक टिप्पणी गर्न नहुनेमा जोड दिए ।

सांसद सुवेदीले नेपालले भारतको भूमि कहाँ र कति मिचेको हो ? भन्दै अध्यक्षमार्फत प्रश्न गरे ।

उनले भने ‘सम्माननीय प्रधानमन्त्री बालेन्द्र साहज्यूजस्ता व्यक्ति प्रधानमन्त्री हुनु नेपाली जनताको लागि बडो ठुलो दुर्भाग्य हो । नेपालले भारतको जग्गा कहाँ, कति मिचेको छ ? नेपाली जनतालाई जानकारी गराउनुपर्छ । अध्यक्ष महोदय मातृभूमिसँग कुनै वस्तुको तुलना हुन सक्दैन । हरेक नेपालीको रगतमा देशभक्तिपूर्ण भावना जीवन्त छ । सम्माननीय प्रधानमन्त्रीज्यू तपाइदले संसदमा क्षमा माग्नुपर्छ । प्रधानमन्त्रीज्यूको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउनुपर्छ । तपाईँले देशमाथि ठट्टा गर्नुभयो । हाम्रा पुर्खाले रगत बगाएर बनेको देश हो यो । राष्ट्र र राष्ट्रियतामाथि देशको प्रधानमन्त्रीले धावा बोल्न पाइँदैन ।’

मुलुकको निर्माण पुर्खाको बलिदान र सङ्घर्षबाट भएको उल्लेख गर्दै उनले राष्ट्र र राष्ट्रियतामाथि कुनै पनि तहबाट आघात पुग्ने अभिव्यक्ति स्वीकार्य नहुने चेतावनी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय