FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८३-८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सांसदहरुले छलफल गरेको छ ।

छलफलमा भाग लिँदै सत्ता पक्षका सांसदहरुले बजेटका सकारात्मक पक्षबारे चर्चा गरे भने विपक्षी दलका सांसदहरुले बजेटमा जनताका अपेक्षाअनुसारका कार्यक्रम नसमेटिएको धारणा राखे । सांसद बदनकुमार भण्डारीले बजेटमा रहेको बिमाको प्रावधानले आमनागरिकको स्वास्थ्यमा ठूलो योगदान पुग्ने बताए ।

साथै उनले बजेटमा आयकर छुट दोब्बर गरिएको, शिक्षामा बजेट वृद्धि भएको, टेलिकमको सेयर जनतामा प्रवाह गर्ने र लगानी गर्नेलगायतका सकारात्मक पक्ष रहेकाबारे चर्चा गरे।

सांसद पद्माकुमारी अर्यालले आमनागरिकले अपेक्षा गरेअनुसारको बजेट नआएको उल्लेख गर्दै बजेटमा केही राम्रा विषय पनि रहेको बताए । सांसद सुजाता तामाङले रासायनिक मलका लागि अत्यधिक बजेट विनियोजन गरिएको उल्लेख गर्दै माटोको अवस्था सुधार गर्नुपर्ने र प्राङ्गारिक मलको प्रयोगमा जोड दिनुपर्ने बताए।

सांसद बोधनारायण श्रेष्ठले बजेटले विभिन्न नयाँ विषयका सुधारका कुरा क्रमभङ्गता गरेको उल्लेख गर्दै व्यक्तिगत आयकर छुट रकम वृद्धि, प्रशासनिक मितव्ययिता, नागरिक उड्डयनलाई नियामक र कार्यात्मक गरी विभाजन गरिएजस्ता सकारात्मक विषयबारे चर्चा गरे।

सांसद रञ्जु न्यौपानेले जनतालाई निशुल्क उपलब्ध गराइने सेवाका लागि सरकारले कहीँ न कहीँ लागत उठाउनैपर्ने उल्लेख गर्दै त्यसका लागि बजेटमा अर्थमन्त्रीले स्पष्ट रुपमा उल्लेख गरेको बताए । साथै उनले बालबालिकाका क्षेत्रमा राज्यको लगानी अझै नपुगेको भन्दै बजेटमा कर्मचारीको तलब वृद्धि, सात प्रतिशतको आर्थिक वृद्धि लक्ष्यलगायत सकारात्मक विषय रहेका बताए ।

सांसद पुनमकुमारी अग्रवालले हरेक वर्ष रासायनिक मल अभाव हुने गरेको अवस्थामा अग्र्यानिक खेतीका लागि प्रोत्साहित गर्नुपर्नेमा जोड दिए । साथै उनले मुलुकमा नागरिक सरकार छ भन्ने अनुभूति हुने गरी काम गर्न सुझाव दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय