FLASH NEWS
दशौं राष्ट्रिय खेलकुद : आज पाँच खेलमा प्रतिस्पर्धा हुँदै । यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य । आज महिला हिंसा उन्मूलन दिवस, त्येक १० मिनेटमा एक महिला वा बालिकाको हत्या । २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ८१७ जनालाई कारबाही । यस्तो छ, बुधबार विदेशी मुद्राको विनिमयदर । आजको मौसम : गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै देशका हिमाली क्षेत्रमा आंशिक बादल लाग्ने । धुलिखेल अस्पतालमा ‘नबिल बर्न केयर वार्ड’, संयुक्त रुपमा गरियो उद्घाटन । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता: महिला बास्केटबलमा एपीएफ, सुदूरपश्चिम, आर्मी र बागमती विजयी । मापदण्डविपरीत चर्को आवाजमा बाजा नबजाउन रुपन्देही प्रशासनको अनुरोध । बुटवल यातायात कार्यालयबाट सात जना बिचौलिया नियन्त्रणमा । नेपाल–श्रीलंका चेम्बरको अध्यक्षमा पन्त निर्वाचित । सरकारका कमजोरी औँल्याउनु र नागरिकका पक्षमा प्रश्न उठाउनु कांग्रेसको जिम्मेवारी हो : गगन थापा ।

९ मङ्सिर, सुर्खेत । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत बुधबार विभिन्न पाँच खेलका प्रतिस्पर्धा हुँदैछन् । आज पुरुष फुटबल, महिला क्रिकेट, महिला बास्केटबल, टेनिस र पौडीतर्फ खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन् ।

पुरुष फुटबलतर्फ आज दुई खेल हुनेछन् । बिहान ९ बजे नेपाल आर्मी र लुम्बिनी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । दिउँसो २ः३० बजे कोशी प्रदेश र बागमती प्रदेश आमनेसामने हुनेछन् ।

महिला क्रिकेटतर्फ वीरेन्द्रनगर क्रिकेट मैदानमा दुई खेल हुनेछन् । बिहान ९ः३० बजे बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ भने दिउँसो १ः१५ बजे कोशी प्रदेशले आयोजक कर्णाली प्रदेशसँग खेल्नेछ ।

 

महिला बास्केटबलतर्फ फुल कोर्ट र थ्री एक्स थ्री विधाका खेल सञ्चालन हुनेछन् । फुल कोर्टमा बिहान ९ बजे नेपाल पुलिस र कर्णाली प्रदेश तथा १० बजे मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । त्यस्तै, थ्री एक्स थ्रीतर्फ दिउँसो १२ः१० बजे नेपाल आर्मी र एपीएफ तथा १२ः३० बजे मधेश प्रदेश र बागमती प्रदेशबीच खेल हुनेछ ।

टेनिसका खेलहरू बर्दियाको गुलरियामा सञ्चालन हुनेछन् । बिहान ८ः३० बजेदेखि सुरु हुने खेलमा महिला एकल र पुरुष युगल विधाका प्रतिस्पर्धा हुनेछन् । दिनभर महिला एकल, पुरुष युगल र मिश्रित युगल गरी १५ खेलको तालिका रहेको छ ।

 

पौडीतर्फ आज ११ विधामा प्रतिस्पर्धा हुनेछ । महिला फ्रिस्टाइल ८०० मिटर र पुरुष इन्डिभिजुअल मिडले ४०० मिटरबाट सुरु हुने प्रतिस्पर्धामा महिला तथा पुरुष बटरफ्लाइ ५० मिटर, फ्रिस्टाइल २०० मिटर र ब्याकस्ट्रोक १०० मिटरका खेल हुनेछन् । त्यस्तै महिला मिडले रिले ४×१०० मिटर, पुरुष फ्रिस्टाइल रिले ४×२०० मिटर र मिश्रित मिडले रिले ४×५० मिटरमा पनि प्रतिस्पर्धा हुनेछ । पौडीका खेल स्वचालित टाइमिङ प्रणालीमार्फत सञ्चालन हुनेछन् ।

औपचारिक उद्घाटन मंसिर १६ गते हुने भए पनि दशौं राष्ट्रिय खेलकुदका प्रतिस्पर्धात्मक खेलहरू मंसिर ८ गतेदेखि नै सुरु भएका हुन् । कर्णाली प्रदेशमा आयोजना भइरहेको प्रतियोगितामा विभिन्न प्रदेश तथा विभागीय टोलीका खेलाडीहरू उपाधिका लागि प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय