FLASH NEWS
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर । आजको मौसम : देशभर मौसम मूख्यतया सफा रहने । उग्रतारा भगवती मन्दिरमा आज भव्य मेला लाग्दै । गरिमा विकास बैंकको २०औँ वार्षिकोत्सवमा ९ स्थानमा रक्तदान आयोजना । भारत भ्रमण सकेर प्रधानमन्त्री बालेन स्वदेश फर्किँए । नेपाल–भारत सीमा समस्याबारे दुवै देश सन्तुष्ट (संयुक्त प्रेस विज्ञप्ति) । प्रधानमन्त्री वालेन र भारतका राष्ट्रपति द्रौपदीबीच भेटवार्ता । भारतीय प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो । काठमाडौंमा मंसिर १२ गते ‘मारवाडी महोत्सव २०८३’ हुँदै । दशौं राष्ट्रिय खेलकुदको तयारी पूरा, औपचारिक उद्घाटन प्रधानमन्त्रीले गर्ने । नेपाल–भारतबीच आठ समझदारीपत्रमा हस्ताक्षर, अन्तरिक्ष प्रविधिदेखि स्वास्थ्यसम्म सहकार्य । भारतले दियो नेपाललाई २ खर्ब ४० अर्ब भारतीय रुपैयाँ आर्थिक सहयोग , दुईओटा थप बन्दरगाहा पनि उपयोग गर्न पाउने ।

मेटलाइफ नेपाल र खल्ती सुरक्षाले संयुक्त रूपमा ‘सुरक्षा ३६०’ नामक डिजिटल बीमा योजना सार्वजनिक गरेका छन् । यो योजना अब खल्ती एपमार्फत सहज रूपमा उपलब्ध हुनेछ, जसले वित्तीय सुरक्षा अझ सरल, छिटो र पहुँचयोग्य बनाउने लक्ष्य राखेको छ ।

बीमा सेवा लिन अब जटिल प्रक्रिया वा लामो समय कुर्नुपर्ने आवश्यकता छैन । मोबाइल प्रयोगकर्तालाई लक्षित गरी तयार गरिएको ‘सुरक्षा ३६०’ योजना केही आधारभूत व्यक्तिगत विवरण भरेर केही मिनेटमै खरिद गर्न सकिनेछ । कागजी प्रक्रिया कम गर्दै र चरणहरूलाई सरल बनाउँदै, दैनिक रूपमा धेरै नेपालीले प्रयोग गर्ने डिजिटल प्लेटफर्ममार्फत सहज अनुभव प्रदान गर्ने उद्देश्यले यो योजना ल्याइएको हो ।

‘सुरक्षा ३६०’ ले जीवन तथा स्वास्थ्यसँग सम्बन्धित विभिन्न महत्वपूर्ण सुरक्षणहरू एउटै योजनाभित्र समेटेको छ, जसले ग्राहकलाई फरक–फरक बीमा योजना व्यवस्थापन गर्नुपर्ने झन्झटबाट मुक्त बनाउँछ । यस योजनामा जीवन बीमा, दुर्घटनाबाट हुने मृत्यु तथा स्थायी अशक्तता सुरक्षण, गम्भीर रोग बीमा तथा दुर्घटनाबाट हुने उपचार खर्चसमेत समावेश गरिएको छ ।

जीवन र स्वास्थ्यसँग सम्बन्धित आर्थिक जोखिमलाई समग्र रूपमा सम्बोधन गर्ने उद्देश्यसहित ल्याइएको यो योजना सिल्वर, गोल्ड र प्ल्याटिनम गरी तीन वटा प्याकेजमा उपलब्ध छ । ग्राहकहरूले आफ्नो आवश्यकता र बजेटअनुसार उपयुक्त योजना छनोट गर्न सक्नेछन् । रु. २३ लाखदेखि रु. ४६ लाखसम्मको बीमा सुरक्षण उपलब्ध रहेको यस योजनाको वार्षिक बीमाशुल्क छनोट गरिएको प्याकेज अनुसार रु. ३,८१० बाट सुरु हुने भएकाले १८ देखि ५० वर्ष उमेर समूहका धेरै नेपालीका लागि समग्र बीमा सुरक्षण अझ पहुँचयोग्य र किफायती बन्ने विश्वास गरिएको छ ।

 

मेटलाइफ नेपालका प्रमुख वितरण अधिकृत अरुणबहादुर बस्नेतले भने, “सुरक्षा ३६० ले जीवनका विभिन्न चरणमा ग्राहकलाई आवश्यक वित्तीय सुरक्षण प्रदान गर्नेछ । विश्वसनीय डिजिटल प्लेटफर्ममार्फत बीमा सेवालाई सहज बनाउँदै, अझ धेरै नेपालीलाई वित्तीय सुरक्षातर्फ सचेत र जिम्मेवार कदम चाल्न प्रेरित गर्ने हाम्रो उद्देश्य हो ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय