FLASH NEWS
गरिमा विकास बैंकको २०औँ वार्षिकोत्सवमा ९ स्थानमा रक्तदान आयोजना । भारत भ्रमण सकेर प्रधानमन्त्री बालेन स्वदेश फर्किँए । नेपाल–भारत सीमा समस्याबारे दुवै देश सन्तुष्ट (संयुक्त प्रेस विज्ञप्ति) । प्रधानमन्त्री वालेन र भारतका राष्ट्रपति द्रौपदीबीच भेटवार्ता । भारतीय प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो । काठमाडौंमा मंसिर १२ गते ‘मारवाडी महोत्सव २०८३’ हुँदै । दशौं राष्ट्रिय खेलकुदको तयारी पूरा, औपचारिक उद्घाटन प्रधानमन्त्रीले गर्ने । नेपाल–भारतबीच आठ समझदारीपत्रमा हस्ताक्षर, अन्तरिक्ष प्रविधिदेखि स्वास्थ्यसम्म सहकार्य । भारतले दियो नेपाललाई २ खर्ब ४० अर्ब भारतीय रुपैयाँ आर्थिक सहयोग , दुईओटा थप बन्दरगाहा पनि उपयोग गर्न पाउने । नेपाल–भारत सम्बन्ध आत्मीयता र अटुट विश्वासमा आधारित छ : नरेन्द्र मोदी । अयोध्या–जनकपुरबीच ‘सरयू–कमला एक्सप्रेस’ रेल सेवा सुरु । तोलामा ४८ सयले बढेर २ लाख ४७ हजार ४०० भयो सुनको मूल्य ।

७ मंसिर, काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न नौ स्थानमा आयोजना गरेको रक्तदान कार्यक्रमबाट ७१३ युनिट रगत संकलन गरेको छ। बैंकले मंसिर ७ गते एकैदिन विभिन्न स्थानमा रक्तदानसहित विविध संस्थागत सामाजिक उत्तरदायित्वमूलक कार्यक्रम सम्पन्न गरेको हो।

बैंकका अनुसार काठमाडौंको बालुवाटारस्थित केन्द्रीय कार्यालय, सुनसरीको इटहरी, धनुषाको जनकपुर, चितवनको नारायणगढ, स्याङ्जाको वालिङ, कास्कीको पोखरा, म्याग्दीको बेनी, रुपन्देहीको बुटवल र बाँकेको कोहलपुरमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो।

संकलित रगतले रगतको अभावमा रहेका बिरामीको उपचारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ।वार्षिकोत्सवकै अवसरमा बैंकले आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट कार्यसम्पादन गर्ने नौवटा शाखा कार्यालयलाई नगद पुरस्कार तथा ‘टोकन अफ एप्रिसिएसन’ प्रदान गरी सम्मान गरेको छ। आयोजित कार्यक्रममा उत्कृष्ट शाखाका प्रमुखहरूलाई पुरस्कृत गरिएको बैंकले जनाएको छ।

यसअघि मंसिर ५ गते ‘स्वस्थ जीवनशैलीका लागि खेलकुद’ भन्ने नारासहित बैंकले ‘गरिमा रोड रेस २०८३’ को तेस्रो संस्करण आयोजना गरेको थियो। काठमाडौंमा आयोजित उक्त दौड प्रतियोगितामा एक हजार चार सयभन्दा बढी धावक सहभागी भएका थिए।

स्वस्थ जीवनशैली, शारीरिक सक्रियता तथा खेलकुदप्रतिको आकर्षण बढाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बैंकले जनाएको छ। स्थापनाको दुई दशक पूरा गरेको अवसरमा बैंकले आफ्ना सेवाग्राही, शेयरधनी, नियामक निकाय, सञ्चारकर्मी, कर्मचारी तथा सरोकारवालाप्रति आभार व्यक्त गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय