FLASH NEWS
नेपाल–भारतबीच आठ समझदारीपत्रमा हस्ताक्षर, अन्तरिक्ष प्रविधिदेखि स्वास्थ्यसम्म सहकार्य । भारतले दियो नेपाललाई २ खर्ब ४० अर्ब भारतीय रुपैयाँ आर्थिक सहयोग , दुईओटा थप बन्दरगाहा पनि उपयोग गर्न पाउने । नेपाल–भारत सम्बन्ध आत्मीयता र अटुट विश्वासमा आधारित छ : नरेन्द्र मोदी । अयोध्या–जनकपुरबीच ‘सरयू–कमला एक्सप्रेस’ रेल सेवा सुरु । तोलामा ४८ सयले बढेर २ लाख ४७ हजार ४०० भयो सुनको मूल्य । भारतमा प्रधानमन्त्री शाहलाई ‘गार्ड अफ अनर’ प्रदान । गर्भवती महिलाको उपचारका क्रममा मृत्यु भएपछि बरहथवा नगर अस्पतालमा तोडफोड र आगजनी । बाढी प्रभावित क्षेत्रका व्यवसाय पुनःस्थापनामा भारतीय उद्योग परिसंघले सघाउने । नेपालमा लगानी गर्न भारतीय उद्योगीलाई महासंघ अध्यक्ष श्रेष्ठको आह्वान । काभ्रेको नमोबुद्धमा नमोबुद्ध जात्रा आजदेखि सुरु हुँदै । गण्डकी परिक्रमा महोत्सव आजदेखि, २६ किलोमिटर लामो पदयात्रा गरिने । २४ घण्टामा ५६६ जना परे ट्राफिक प्रहरीको कारबाहीमा ।

७ मंसिर, नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले सोमबार संयुक्त रूपमा उत्तर प्रदेशको अयोध्या क्यान्टदेखि नेपालको जनकपुरधामसम्म जोड्ने नयाँ साप्ताहिक रेल सेवा ‘सरयू–कमला एक्सप्रेस’ को हरियो झण्डा देखाई शुभारम्भ गरेका छन् ।

यो नयाँ यात्रुवाहक रेल सेवाले लामो समयदेखिको सांस्कृतिक र ऐतिहासिक सम्बन्ध साझा गर्ने दुई महत्वपूर्ण धार्मिक गन्तव्यहरूबीचको यात्रालाई सहज बनाउनुका साथै भारत र नेपालबीचको सीमापार रेल सम्पर्क सञ्जाललाई थप सुदृढ बनाउने दिशामा अर्को महत्वपूर्ण कदमको संकेत गरेको छ ।

उद्घाटन समारोहमा बोल्दै उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले भारत र नेपालबीचको सम्बन्धलाई आस्था, साझा नदी र पारिवारिक सम्बन्धमा आधारित शताब्दीयौं पुरानो बन्धनका रूपमा वर्णन गरे । उनले दुई देशबीचको परम्परागत ‘रोटी–बेटी’ को सम्बन्धलाई पनि विशेष रूपले उल्लेख गरे ।

यो रेलले भारतको उत्तर प्रदेश र बिहारका महत्वपूर्ण गन्तव्यहरूलाई जोड्नेछ, जसका मुख्य स्टेसनहरू गोरखपुर, बस्ती, रक्सौल, सीतामढी, मधुबनी र जयनगर रहनेछन् । यी स्टेसनहरूले विभिन्न जिल्लाका यात्रुहरूको रेल पहुँचमा सुधार ल्याई धार्मिक भ्रमण, पारिवारिक भेटघाट तथा अन्य प्रयोजनका लागि यात्रालाई सहज बनाउने अपेक्षा गरिएको छ ।

अयोध्या र जनकपुरधामसम्मको पहुँचमा सुधार आएसँगै यो सेवाले धार्मिक पर्यटनलाई प्रवद्र्धन गर्ने अपेक्षा गरिएको छ । पर्यटकहरूको आवागमन बढ्दा यस क्षेत्रका होटल, रेस्टुरेन्ट, स्थानीय यातायात व्यवसायी र साना व्यवसायहरूका लागि पनि नयाँ अवसरहरू सिर्जना हुन सक्नेछन् ।

तीर्थयात्री र पर्यटकहरूका अतिरिक्त सीमापारका व्यक्तिगत र व्यावसायिक सम्बन्धहरू कायम राख्न थप सुविधा प्रदान गर्दै यो रेलले परिवार, विद्यार्थी र व्यवसायीहरूलाई समेत लाभान्वित गर्ने अपेक्षा गरिएको छ ।

यस सेवाको महत्व यात्रु सुविधामा मात्र सीमित छैन; यातायात सम्पर्कमा भएको सुधारले व्यावसायिक अन्तरक्रियालाई प्रोत्साहन गर्ने, क्षेत्रीय आर्थिक गतिविधिलाई टेवा पु¥याउने र छिमेकी समुदायहरूबीच सांस्कृतिक आदानप्रदानलाई मजबुत बनाउने विश्वास गरिएको छ ।

यो पहल भारत र नेपालबीचको रेलवे सम्पर्क सुधार गर्ने बृहत् प्रयासहरूको एक हिस्सा हो । जयनगर–बिजलपुरा–बर्दिबास र जोगबनी–विराटनगर रेलमार्ग लगायतका सीमापार रेल परियोजनाहरू चरणबद्ध रूपमा अगाडि बढिरहेका छन् । प्रस्तावित रक्सौल–काठमाडौं रेलमार्ग पनि दुई देशबीचको सम्पर्क सञ्जाललाई सुदृढ बनाउने बृहत् दृष्टिकोणकै एक हिस्सा हो । पूर्वाधार विकासका साथै क्षमता अभिवृद्धिका प्रयासहरू पनि अगाडि बढाइएको छ । प्रधानमन्त्री शाह नोभेम्बर २२ देखि २ सम्म भारतको दुई दिने राजकीय भ्रमणमा छन् । एएनआई

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय