FLASH NEWS
नेपाल–भारतबीच आठ समझदारीपत्रमा हस्ताक्षर, अन्तरिक्ष प्रविधिदेखि स्वास्थ्यसम्म सहकार्य । भारतले दियो नेपाललाई २ खर्ब ४० अर्ब भारतीय रुपैयाँ आर्थिक सहयोग , दुईओटा थप बन्दरगाहा पनि उपयोग गर्न पाउने । नेपाल–भारत सम्बन्ध आत्मीयता र अटुट विश्वासमा आधारित छ : नरेन्द्र मोदी । अयोध्या–जनकपुरबीच ‘सरयू–कमला एक्सप्रेस’ रेल सेवा सुरु । तोलामा ४८ सयले बढेर २ लाख ४७ हजार ४०० भयो सुनको मूल्य । भारतमा प्रधानमन्त्री शाहलाई ‘गार्ड अफ अनर’ प्रदान । गर्भवती महिलाको उपचारका क्रममा मृत्यु भएपछि बरहथवा नगर अस्पतालमा तोडफोड र आगजनी । बाढी प्रभावित क्षेत्रका व्यवसाय पुनःस्थापनामा भारतीय उद्योग परिसंघले सघाउने । नेपालमा लगानी गर्न भारतीय उद्योगीलाई महासंघ अध्यक्ष श्रेष्ठको आह्वान । काभ्रेको नमोबुद्धमा नमोबुद्ध जात्रा आजदेखि सुरु हुँदै । गण्डकी परिक्रमा महोत्सव आजदेखि, २६ किलोमिटर लामो पदयात्रा गरिने । २४ घण्टामा ५६६ जना परे ट्राफिक प्रहरीको कारबाहीमा ।

७ मंसिर, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको भविष्य र नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने स्पष्ट दृष्टिकोण, प्रतिबद्धता र सोच प्रस्तुत गरेको बताएका छन् ।

नेपालका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री मोदीबीच भएको संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मोदीले शाहको नेतृत्वमा नेपालको नयाँ पुस्ताका आशा र आकांक्षा प्रतिबिम्बित भएको उल्लेख गरे ।

उनले भने, ‘विश्वकै सबैभन्दा युवा प्रधानमन्त्रीका रूपमा बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघमा सम्बोधन गर्दा नै उहाँको दूरदृष्टिको स्पष्ट झलक देखिएको थियो । तर, पछिल्ला केही घण्टाको छलफलका क्रममा मंैले नेपालको भविष्य र नेपाल–भारत सम्बन्धलाई अघि बढाउने विषयमा उहाँको स्पष्ट सोच, दृष्टिकोण र प्रतिबद्धता महसुस गरेको छु ।’

मोदीले यस वर्ष नेपाली जनताले प्रधानमन्त्री शाहलाई ऐतिहासिक जनादेश दिएको उल्लेख गर्दै उनको नेतृत्वले नेपालको नयाँ पुस्ताको आकांक्षा र आशालाई प्रतिनिधित्व गरेको बताए ।

भारत सशक्त र समृद्ध नेपालको विकास यात्रामा सधैँ साथमा रहने प्रतिबद्धता व्यक्त गर्दै उनले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन विभिन्न महत्त्वपूर्ण निर्णय गरिएको जानकारी दिए ।

‘भारत एक सशक्त र समृद्ध नेपालको विकास यात्रामा सँधै सहभागी रहँदै आएको छ । यही भावनाका साथ आज हामीले आफ्नो सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन विभिन्न महत्त्वपूर्ण निर्णय गरेका छौँ,’ मोदीले भने ।

उनले नेपाल र भारतबीचको सम्बन्ध छिमेकी मुलुकबीचको सम्बन्धमा मात्र सीमित नरहेको उल्लेख गर्दै यो आत्मीयता र अटुट विश्वासमा आधारित रहेको बताए ।

‘भारत र नेपालको सम्बन्ध छिमेकीको मात्र होइन, आत्मीयता र अटुट विश्वासको सम्बन्ध हो । हाम्रा खुसी साझा छन् र चुनौती पनि साझा छन् । हामी एकअर्काको प्रगतिका साझेदार हौँ र कठिन समयमा एकअर्काको सहारा पनि हौँ,’ मोदीले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय