नेपाली बजारमा बिहीबार सुन र चाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ६ हजार २ सय रुपैयाँले बढेर २ लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि बुधबार सुन प्रतितोला २ लाख ७७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, बिहीबार चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। बुधबार प्रतितोला ४ हजार २ सय ७० रुपैयाँमा खरिदबिक्री भएको चाँदी बिहीबार बढेर ४ हजार ४ सय ५० रुपैयाँ पुगेको छ।






