FLASH NEWS
नबिल बैंक भिसा इन्टरनेशनलको दुई विधाका अवार्डद्वारा सम्मानित । १२.२६ प्रतिशत विद्युत चुहावट १२.१६ मा झर्‍यो । आनी छोइङ डोल्माको नियुक्तिविरूद्ध दायर भएको रिटमा कारण देखाउ आदेश जारी । प्रहरी महानिरीक्षक नियुक्तिविरुद्धको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार । प्रहरी महानिरीक्षक नियुक्तिविरुद्धको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार । निर्वाचन आयोगद्वारा फेरि पनि गगन नेतृत्वको काङ्ग्रेसलाई नै मान्यता । पूर्व राज्यमन्त्री संजय साह ‘टकला’ लाई रिहा गर्न माग गर्दै जनकपुरधाममा विरोध प्रदर्शन । शशांक कोइरालालाई महाधिवेशनका १५-२० समिति गठन गर्ने जिम्मेवारी । शेयरबजारमा सामान्य अंकको वृद्धि, ६ अर्ब १४ करोड बराबरको कारोबार । आईपीएल अक्सनका लागि नेपालका १० खेलाडीको नाम दर्ता । दुई किलो ३४८ ग्राम सुनसहित दुई महिला पक्राउ । आज फेरि सुनचाँदीको मूल्य घट्यो, तोलाको कति पुग्यो ? ।

९ मंसिर, काठमाडौं। सर्वोच्च अदालतले लुम्बिनी विकास कोषकी नवनियुक्त उपाध्यक्ष आनी छोइङ डोल्माको नियुक्तिविरूद्ध दायर रिटमा विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश रत्नबहादुर बागचन्दको बुधबारको एकल इजलासले उक्त आदेश दिएको हो ।

अदालतले निवेदकको मागबमोजिमको आदेश जारी हुनु नपर्ने आधार र कारणसहित १५ दिनभित्र लिखित जबाफ पेश गर्न विपक्षीहरूलाई निर्देशन दिएको छ । रिटमा नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, लुम्बिनी विकास कोष र उपाध्यक्ष डोल्मालाई विपक्षी बनाइएको छ । अदालतको आदेशअनुसार मन्त्रिपरिषद् कार्यालय र मन्त्रालयले महान्यायाधिवक्ताको कार्यालयमार्फत तथा कोष र डोल्माले आ–आफ्नो कानुन व्यवसायीमार्फत लिखित जबाफ पेश गर्नुपर्नेछ ।

यसैगरी, रिटमा माग गरिएबमोजिम अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय लिन सर्वोच्चले आगामी मंसिर १४ गते दुबै पक्षलाई छलफलका लागि बोलाएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को गत असोज ३० गतेको बैठकले डोल्मालाई कोषको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो । तर, उनको नेपाली नागरिकतामाथि प्रश्न रहेको तथा विगतमा सम्पत्ति शुद्धीकरणको विषयमा समेत अनुसन्धान भएको दाबी गर्दै उक्त नियुक्ति बदर हुनुपर्ने मागसहित सर्वोच्चमा रिट दायर गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय