FLASH NEWS
धुलिखेल अस्पतालमा ‘नबिल बर्न केयर वार्ड’, संयुक्त रुपमा गरियो उद्घाटन । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता: महिला बास्केटबलमा एपीएफ, सुदूरपश्चिम, आर्मी र बागमती विजयी । मापदण्डविपरीत चर्को आवाजमा बाजा नबजाउन रुपन्देही प्रशासनको अनुरोध । बुटवल यातायात कार्यालयबाट सात जना बिचौलिया नियन्त्रणमा । नेपाल–श्रीलंका चेम्बरको अध्यक्षमा पन्त निर्वाचित । सरकारका कमजोरी औँल्याउनु र नागरिकका पक्षमा प्रश्न उठाउनु कांग्रेसको जिम्मेवारी हो : गगन थापा । लोकसेवाको र त्रिविको प्रवेश परीक्षा एउटै दिन राखिएको भन्दै अखिल क्रान्तिकारीको कडा आपत्ति । नेप्सेमा १५ अंकको सुधार, ५ अर्ब ५५ करोडको कारोबार । ओलाङचुङगोला केन्द्रविन्दु भएर पटक–पटक भूकम्प, स्थानीयमा त्रास । अमरेश कुमार सिंहको नेतृत्वमा जारी मेची–महाकाली पदयात्रा सिरहा प्रवेश । लुम्बिनीको पर्यटन अब साइकलबाट गाउँ–गाउँसम्म, तीन नयाँ रुट सञ्चालनमा । जनकपुरधाम आइपुग्यो अयोध्यादेखि छुटेको ‘सरयू–कमला एक्सप्रेस ।

नेपाली बजारमा सुनचाँदीको भाउ एक सातादेखि निरन्तर घटिरहेको छ ।

गत साताको बिहीबार प्रतितोला दुई लाख ९० हजार सात सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ त्यसपछि निरन्तर घटेर आज बिहीबार दुई लाख ८४ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबारको तुलनामा बिहीबार सुनको भाउ तोलामा दुई हजार चार सय र चाँदीको एक सय ६० रुपैयाँ घटेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।

यता, बुधबार चार हजार पाँच सय रुपैयाँमा कारोबार भएको असली चाँदीको भाउ बिहीबार घटेर चार हजार तीन सय ४० रुपैयाँमा कारोबार भइरहेको छ।

सुनचाँदीको मूल्य हालसम्मकै उच्च गत माघ १५ गते भएको थियो । उक्त दिनमा सुन प्रतितोला तीन लाख ३९ हजार तीन सय र चाँदी सात हजार पाँच सय पाँच रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावका कारण स्थानीय बजारमा पनि सुनको मूल्य प्रभावित भएको बजार विश्लेषकहरूको दाबी छ ।

अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावका आधारमा नेपालमा महासंघले दैनिक रूपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय