FLASH NEWS
ओलाङचुङगोला केन्द्रविन्दु भएर पटक–पटक भूकम्प, स्थानीयमा त्रास । अमरेश कुमार सिंहको नेतृत्वमा जारी मेची–महाकाली पदयात्रा सिरहा प्रवेश । लुम्बिनीको पर्यटन अब साइकलबाट गाउँ–गाउँसम्म, तीन नयाँ रुट सञ्चालनमा । जनकपुरधाम आइपुग्यो अयोध्यादेखि छुटेको ‘सरयू–कमला एक्सप्रेस । सुनचाँदीको मूल्य फेरि बढ्यो, कतिमा हुदैछ कारोबार ? । सर्वनाम थिएटरमा ‘वीर गणेशमान’ । वर्डप्रेस प्रयोगकर्ताहरुको महाकुम्भ ‘वर्डक्याम्प नेपाल २०२७’ नेपालगञ्जमा पहिलोपटक आयोजना हुँदै । आजदेखि १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका प्रतिस्पर्धा सुरु हुँदै । शिख धर्मका प्रवर्तक गुरु नानकको जन्मजयन्ती मनाइँदै । ताप्लेजुङमा पाँच दशमलव छ म्याग्निच्युडको भूकम्प । वीरेन्द्रनगरमा निर्माण भएको प्रदेश रङ्गशाला प्रदेश सरकारलाई हस्तान्तरण । संसदका चार समितिको बैठक बस्दै, विभिन्न विधेयकमा छलफल हुने ।

८ मंसिर, ताप्लेजुङ । ताप्लेजुङको फक्ताङ गाउँपालिका-७ ओलाङचुगोला केन्द्र विन्दु मानेर पटक-पटक भूकम्प जाने गरेको छ ।

०७७ साल यता मात्र ओलाङचुगोला केन्द्र विन्दु भएर चार पटक भूकम्प गएको छ । ओलाङचुगोला केन्द्रविन्दुर भएर पटक-पटक भूकम्पको धक्काले स्थानीय त्रसित छन् ।

मंगलबार बिहान स्थानीयबासी उठेर आ-आफ्नो दैनिक कार्यमा लाग्दैगर्दा करिब ७ बजेर १७ मिनेटमा भूकम्प गएपछि स्थानीयबासी थप त्रसित बनेका हुन् ।

मैवाखोला गाउँपालिका-३ साँघुका निर्मला लिम्बुले भूकम्पको कम्पन्नले आफूहरु त्रसित भएको सुनाए । कम्पन रोकिनसाथ आफन्तलाई फोन गरेर जानकारी लिएपछि मात्र मनले शान्ति पाएको अनुभव सुनाए ।

फक्ताङलुङ गाउँपालिका-६ लेलेपका मनमाया लिम्बू भूकम्प जाने समयमा घर नजिकै रहेको बाख्रा खोरमा बाख्रालाई दानापानी दिदै गरेको सुनाइन ।

‘एक्कासी जमिन हल्लिन थाल्यो, घर समेत हल्लिन थाल्यो । २०७२ वैशाख १२ गते आएको ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्पले आंशिकरुपमा क्षति गराएको घर एकासी हल्लीन थालेपछि आत्तितै भूकम्प आयो भन्दै चिच्याए’, उनले सुनाइन ।

यि त केही प्रतिनिधिपात्र हुन । ताप्लेजुङ जिल्लालगायत अन्य क्षेत्रहरुमा समेत भूकम्पले हल्लाएको थियो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ताप्लेजुङको ओलाङचुङगोला र तिब्बतको सीमा क्षेत्र आसपासलाई केन्द्रविन्दु बनाएर ५.६ म्याग्निच्युडको भूकम्प गएको छ ।

केन्द्रका अनुसार भूकम्प आज बिहान ७ बजेर १७ मिनेटमा गएको हो । ताप्लेजुङको ओलाङचुगोला क्षेत्रमा भूकम्पको निकै धक्का दिएको फक्ताङलुङ गाउँपालिका-७ ओलाङचुगोलाका वडा अध्यक्ष छेतेन लामाले बताए ।

लामाले भने, ‘भूकम्पले घरहरु निकै हल्लायो तर यतै केन्द्रविन्दु भएपनि क्षति भने केही भएको भएको छैन ।’

जिल्लाकै उच्च स्थानमा रहेको फक्ताङलुङ गाउँपालिका-७ याङमा गाउँमा समेत भूकम्पबाट क्षति नभएको वडाध्यक्ष लामाले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालयका सुचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी यादव भट्टराईका अनुसार जिल्लामा क्षतिको बिवरण नआएको बताए ।

उनले भने, ‘हाम्रो संयन्त्रमार्फत क्षतिको विवरण माग गरेका छौं तर अहिलेसम्म क्षतिको विबरण आएको छैन ।’ प्रहरीमार्फत पनि क्षतिको विवरण नआएको भट्टराईले जानकारी दिए ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका तथ्यांक अनुसार ताप्लेजुङको ओलाङचुगोला केन्द्रविन्दु भएर पटक पटक भूकम्प जाने गरेको छ ।

ओलाङचुगोला केन्द्र बिन्दु भएर २०७७ माघ २७ गते बिहान ७ः३५ बजे ५.४ म्याग्निच्युड गएको थियो ।

त्यस्तै ओलाङचुगोला केन्द्र विन्दु भएर २०७९ बैशाख १२ गते साँझ ७ः१७ बजे ३.५ म्याग्निच्युडको भूकम्प गएको थियो । सोही वर्षमै अर्थत २०७९ माघ ३० गते बिहान ४ः३० बजे ४.८ म्याग्निच्युडको भूकम्प गएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय