FLASH NEWS
शिख धर्मका प्रवर्तक गुरु नानकको जन्मजयन्ती मनाइँदै । ताप्लेजुङमा पाँच दशमलव छ म्याग्निच्युडको भूकम्प । वीरेन्द्रनगरमा निर्माण भएको प्रदेश रङ्गशाला प्रदेश सरकारलाई हस्तान्तरण । संसदका चार समितिको बैठक बस्दै, विभिन्न विधेयकमा छलफल हुने । यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर । आजको मौसम : देशभर मौसम मूख्यतया सफा रहने । उग्रतारा भगवती मन्दिरमा आज भव्य मेला लाग्दै । गरिमा विकास बैंकको २०औँ वार्षिकोत्सवमा ९ स्थानमा रक्तदान आयोजना । भारत भ्रमण सकेर प्रधानमन्त्री बालेन स्वदेश फर्किँए । नेपाल–भारत सीमा समस्याबारे दुवै देश सन्तुष्ट (संयुक्त प्रेस विज्ञप्ति) । प्रधानमन्त्री वालेन र भारतका राष्ट्रपति द्रौपदीबीच भेटवार्ता । भारतीय प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो ।

८ मङ्सिर, काठमाडौँ । विभिन्न धार्मिक तथा सामाजिक कार्यक्रम आयोजना गरी आज शिख धर्मका प्रवर्तक गुरु नानकको जन्मजयन्ती मनाइँदै छ । हरेक वर्ष कात्तिक शुक्ल पूर्णिमाका दिन शिख धर्मावलम्बीले गुरु नानकको जन्मजयन्ती मनाउने गर्छन् ।

गुरु नानकले ईश्वर एक र सर्वशक्तिमान् रहेको तथा सबै मानव समान भएको सन्देश दिनुभएको थियो । जन्मजयन्तीका अवसरमा शिख धर्मावलम्बीले विभिन्न कार्यक्रमको आयोजना गरेका छन् ।

गुरु नानकको जन्म सन् १४६९ अप्रिल १५ मा पाकिस्तानको पञ्जाबस्थित तलवडी भन्ने स्थानमा भएको थियो । हाल उक्त स्थानलाई ननकाना साहिब भनिन्छ । उहाँ शिख धर्मका संस्थापक तथा पहिलो गुरु हुनुहुन्छ । अनुयायीले उहाँलाई बाबा नानक र नानकशाहका नामले पनि सम्बोधन गर्छन् ।

उहाँले रचना गर्नुभएको ‘जपुजी साहिब’ शिख धर्मको महत्वपूर्ण धार्मिक ग्रन्थका रुपमा परिचित छ । शिख धर्मावलम्बीले उक्त ग्रन्थको नियमित पाठ गर्ने गर्छन् । गुरुद्वारामा आज श्रद्धालुलाई सामूहिक भोजन गराइन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय