FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको विनिमयदर अनुसार आज अमेरिकी डलर एकको खरिददर १५३ रुपियाँ ८६ पैसा र बिक्रीदर १५४ रुपियाँ ४६ पैसा निर्धारण गरिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७६ रुपियाँ ४० पैसा र बिक्रीदर १७७ रुपियाँ ०९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०७ रुपियाँ ८० पैसा र बिक्रीदर २०८ रुपियाँ ६१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९० रुपियाँ ५७ पैसा र बिक्रीदर १९१ रुपियाँ ३२ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपियाँ ६९ पैसा र बिक्रीदर १०८ रुपियाँ ११ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले क्यानेडियन डलर एकको खरिददर १०९ रुपियाँ ५८ पैसा र बिक्रीदर ११० रुपियाँ, सिङ्गापुर डलर एकको खरिददर ११९ रुपियाँ ३७ पैसा र बिक्रीदर ११९ रुपियाँ ८३ पैसा, जापानी येन १० को खरिददर नौ रुपियाँ ४९ पैसा र बिक्रीदर नौ रुपियाँ ५२ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपियाँ ७४ पैसा र बिक्रीदर २२ रुपियाँ ८२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपियाँ ९७ पैसा र बिक्रीदर ४१ रुपियाँ १३ पैसा, कतारी रियाल एकको खरिददर ४२ रुपियाँ २१ पैसा र बिक्रीदर ४२ रुपियाँ ३७ पैसा निर्धारण गरिएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ५८ पैसा र बिक्रीदर चार रुपियाँ ६० पैसा, युएई दिराम एकको खरिददर ४१ रुपियाँ ८९ पैसा र बिक्रीदर ४२ रुपियाँ ०६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपियाँ ७८ पैसा र बिक्रीदर ३७ रुपियाँ ९३ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ ४० पैसा र बिक्रीदर १० रुपियाँ ४५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपियाँ र बिक्रीदर १६ रुपियाँ ०७ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपियाँ ६० पैसा र बिक्रीदर २३ रुपियाँ ६९ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपियाँ ६३ पैसा र बिक्रीदर १९ रुपियाँ ७० पैसा, कुवेती दिनार एकको खरिददर ५०० रुपियाँ ३६ पैसा र बिक्रीदर ५०२ रुपियाँ ३१ पैसा, बहराइन दिनार एकको खरिददर ४०८ रुपियाँ ०९ पैसा बिक्रीदर ४०९ रुपियाँ ६८ पैसा, ओमनी रियाल एकको खरिददर ३९९ रुपियाँ ६२ पैसा र बिक्रीदर ४०१ रुपियाँ १७ पैसा कायम गरेको छ ।

यस्तै, भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय