FLASH NEWS
नबिल बैंक भिसा इन्टरनेशनलको दुई विधाका अवार्डद्वारा सम्मानित । १२.२६ प्रतिशत विद्युत चुहावट १२.१६ मा झर्‍यो । आनी छोइङ डोल्माको नियुक्तिविरूद्ध दायर भएको रिटमा कारण देखाउ आदेश जारी । प्रहरी महानिरीक्षक नियुक्तिविरुद्धको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार । प्रहरी महानिरीक्षक नियुक्तिविरुद्धको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार । निर्वाचन आयोगद्वारा फेरि पनि गगन नेतृत्वको काङ्ग्रेसलाई नै मान्यता । पूर्व राज्यमन्त्री संजय साह ‘टकला’ लाई रिहा गर्न माग गर्दै जनकपुरधाममा विरोध प्रदर्शन । शशांक कोइरालालाई महाधिवेशनका १५-२० समिति गठन गर्ने जिम्मेवारी । शेयरबजारमा सामान्य अंकको वृद्धि, ६ अर्ब १४ करोड बराबरको कारोबार । आईपीएल अक्सनका लागि नेपालका १० खेलाडीको नाम दर्ता । दुई किलो ३४८ ग्राम सुनसहित दुई महिला पक्राउ । आज फेरि सुनचाँदीको मूल्य घट्यो, तोलाको कति पुग्यो ? ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शनिबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।

समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) ३५ रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ०८ रुपैयाँ, आलु रातो (लाम्चो) प्रतिकिलो ४२ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो ३५ रुपैयाँ र प्याज सुकेको (भारतीय) प्रतिकिलो ५३ रुपैयाँ रहेको छ ।

यसैगरी, गाँजर (लोकल) प्रतिकिलो ९० रुपैयाँ, बन्दा (लोकल) प्रतिकिलो २५ रुपैयाँ, काउली स्थानीय प्रतिकिलो ७० रुपैयाँ, मूला रातो प्रतिकिलो ३० रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो ३० रुपैयाँ र भन्टा डल्लो प्रतिकिलो ४० रुपैयाँ कायम गरिएको छ ।

घिउ सिमी (लोकल) प्रतिकिलो ८० रुपैयाँ, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ७० रुपैयाँ, घिउ सिमी (राजमा) ९० रुपैयाँ, तीते करेला प्रतिकिलो ३० रुपैयाँ, लौका प्रतिकिलो ५० रुपैयाँ, परवर प्रतिकिलो (लोकल) ३० रुपैयाँ, घिरौला प्रतिकिलो ४० रुपैयाँ निर्धारण गरिएको छ ।
यस्तै, फर्सी पाकेको प्रतिकिलो ५० रुपैयाँ, फर्सी हरियो (लाम्चो) प्रतिकिलो ८० रुपैयाँ, हरियो फर्सी (डल्लो) प्रतिकिलो ४० रुपैयाँ, भिण्डी प्रतिकिलो ४० रुपैयाँ, सखरखण्ड प्रतिकिलो १०० रुपैयाँ, पिंडालु प्रतिकिलो ९० रुपैयाँ, स्कुस प्रतिकिलो ५० रुपैयाँ कायम गरिएको छ ।

रायोसाग प्रतिकिलो १०० रुपैयाँ, पालुङ्गो प्रतिकेजी १०० रुपैयाँ, चमसुरको साग प्रतिकिलो १०० रुपैयाँ, च्याउ (कन्य) प्रतिकिलो २४० रुपैयाँ, च्याउ (डल्ले) प्रतिकिलो ४०० रुपैयाँ, राजा च्याउ प्रतिकेजी २८० रुपैयाँ र सिताके च्याउ प्रतिकेजी ८०० रुपैयाँ, कुरीलो प्रतिकिलो ३०० रुपैयाँ, न्युरो प्रतिकिलो ९० रुपैयाँ निर्धारण गरिएको छ ।

यस्तै समितिले स्याउ (फूजी) प्रतिकिलो २८० रुपैयाँ, केरा नेपाली प्रतिकिलो २०० रुपैयाँ, केरा (मालभोग) दर्जन १८० रुपैयाँ, कागती प्रतिकेजी १४० रुपैयाँ, अनार प्रतिकिलो ४५० रुपैयाँ, आँप (मालदह) प्रतिकिलो १५० रुपैयाँ, आँप (दसहरी) प्रतिकिलो १६० रुपैयाँ, भुइँकटहर प्रतिगोटा १८० रुपैयाँ, काँक्रो(लोकल) प्रतिकिलो ७० रुपैयाँ, काँक्रो (हाइब्रिड) प्रतिकिलो २० रुपैयाँ, रुखकटहर प्रतिकिलो ४० रुपैयाँ, मेवा (नेपाली) प्रतिकिलो ८० रुपैयाँ, मेवा (भारतीय) प्रतिकिलो १०० रुपैयाँ निर्धारण गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय