FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

सेयर बजार आज पनि सकारात्मक देखिएको छ। अघिल्लो दिन सोमबार ४१.७० अंकले बढेको नेप्से परिसूचक मंगलबार ७.२५ प्रतिशतले वृद्धि भइ २७२६.४९ विन्दुमा पुगेको हो।

नेप्से एकल अंकले बढे पनि कारोबार रकम भने सोमबारको तुलनामा वृद्धि भएको छ। सोमबार ५ अर्ब ५१ करोड मूल्य बराबरको कारोबार भएको थियो।

यसदिन ३४३ वटा स्क्रिप्सको १ करोड ४९ लाख २४ हजार ३०२ कित्ता सेयर ६ अर्ब ६७ करोड १० लाख १७ हजार ९७१ रुपैयाँमा खरिदबिक्री भए।

एभरेष्ट कलर लिमिटेडको सेयर सर्वाधिक १४.९८ प्रतिशतले बढ्यो। कारोबार रकमका आधारमा रिडी पावर कम्पनी अग्रस्थानमा रह्यो। सो कम्पनीले ५५ करोड मूल्य बराबरको सेयर कारोबार गर्यो।

आँखु खोला जलविद्युत कम्पनीले ३१ करोडको कारोबार गर्दा रिलायन्स स्पिनिङ्गस मिल्सले २७ करोड,हिमालयन रिइन्स्योरेन्सले २२ करोड र एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टले २२ करोडको सेयर कारोबार गरे।

कारोबारमा आएकामध्ये १०३ वटा स्टक्सको मूल्य बढ्दा १६२ वटाको घट्यो। बाँकी १२ वटा स्टक्सको मूल्य स्थिर रह्यो।

पाँच समूहको उपसूचक बढ्दा अरु बाँकी समूहको उपसूचक नकारात्मक देखिए। बैंकिङ,मनु एण्ड प्रो,इन्भेस्टमेन्ट,अदर्श र ट्रेडिङ समूहको उपसूचक सकारात्मक देखिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय