FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा श्रावण ९ र १० गते दोस्रो संस्करणको ‘श्रावण मेला’ अन्तर्गत ‘बिगेस्ट मेहेन्दी भेला’ सुरु भएको छ। क्लासिक्स प्रोजेक्ट्सको आयोजनामा ‘पवित्र महिनाको उत्सव’ भन्ने नारासहित सञ्चालन भइरहेको उक्त मेलामा सर्वसाधारणका लागि प्रवेश निःशुल्क गरिएको छ।

श्रावण महिनाको धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्वलाई एकै स्थानबाट अनुभूति गराउने उद्देश्यले आयोजना गरिएको मेलामा मेहेन्दी उत्सव, भजन कन्सर्ट तथा विभिन्न धार्मिक, सांस्कृतिक र व्यावसायिक स्टलहरू सहितको ‘श्रावण बजार’ मुख्य आकर्षणका रूपमा रहेको छ। श्रावण बजार बिहान ९ बजेदेखि सञ्चालन भइरहेको छ।
स्वास्थ्य र तन्दुरुस्तीलाई प्रोत्साहन गर्ने उद्देश्यले बिहान ६ बजेदेखि ‘श्रावण रन’ ‘दौड’ समेत आयोजना गरिएको छ।

उक्त कार्यक्रममा माछापुच्छ्रे बैंक, बिग मार्ट लगायत विभिन्न प्रतिष्ठित संस्थाहरूले व्यावसायिक सहकार्य तथा प्रायोजन गरेका छन्। आयोजकका अनुसार श्रावण महिनाको धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्वलाई एकै थलोमा उत्सवका रूपमा मनाउने उद्देश्यले मेलाको आयोजना गरिएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय