आइतबार सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा १ हजार ६०० रुपैयाँ बढेको छ । चाँदी तोलामा ६० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला २ लाख ८७ हजार १०० रुपैयाँ कायम भएको छ ।
शुक्रबार सुन प्रतितोला २ लाख ८५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी प्रतितोला ४ हजार ४१० रुपैयाँ कायम भएको छ ।
शुक्रबार चाँदी प्रतितोला ४ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो ।
आइतबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ०५२.८८ अमेरिकी डलर र चाँदी ५८.१६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।






