सेयरबजार बिहीबार पनि १६.२९ अंकले घटेको छ।
नेप्से उक्त अंकले घटेर २६७२.५८ विन्दुमा झरेको हो। योसँगै बजारमा कुल ३ अर्ब ३८ करोडको किनबेच भएको छ।
यो किनबेचमा ५९ वटा सेयर १५ प्रतिशतसम्म बढ्दा २०६ वटा सेयर १४.९९ प्रतिशतसम्मले घटेका छन्। ११ वटाको मूल्य भने स्थिर छ।
यस दिन रिलायन्स स्पिनिङ मिल्सको २४ करोडको सर्वाधिक कारोबार भएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार सबै उपसमूहका सूचक राताम्य रहेका छन्।






