FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

 साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३.८२ अंकले ओरालो लाग्दै २ हजार ६५४.८० बिन्दुमा पुगेको छ।

कारोबार अवधिभर बजारमा बिक्री दबाब कायम रहँदा अधिकांश समय परिसूचक नकारात्मक रह्यो। आज ६४ कम्पनीको शेयर मूल्य बढ्दा २०२ कम्पनीको मूल्य घट्यो भने १० कम्पनीको मूल्यमा कुनै परिवर्तन भएन।

कारोबार रकम भने अघिल्लो दिनको तुलनामा सामान्य वृद्धि भएको छ। बुधबार ४ अर्ब ४० करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा बिहीबार ४ अर्ब ६२ करोड रुपैयाँको शेयर किनबेच भएको छ।

समूहगत सूचकतर्फ व्यापार समूहबाहेक सबै उपसूचक राताम्मे भए। व्यापार समूह ०.५९ प्रतिशतले उकालो लाग्दा बैंकिङ, विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, जलविद्युत्, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स, निर्जीवन बीमा र अन्य समूहमा गिरावट देखियो।

कारोबार रकमका आधारमा जलविद्युत् समूह सबैभन्दा सक्रिय रह्यो। यस समूहमा २ अर्ब ४७ करोड रुपैयाँभन्दा बढीको कारोबार हुँदा वाणिज्य बैंकमा ४९ करोड ८२ लाख, विकास बैंकमा ३१ करोड र फाइनान्स समूहमा २७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

व्यक्तिगत कम्पनीतर्फ अपर लोहोरेखोला हाइड्रोपावरको शेयर मूल्य करिब १५ प्रतिशतले बढ्दै सर्वाधिक लाभ कमायो। कालंगा हाइड्रोपावर र सानीगढ हाइड्रोपावरको मूल्य पनि बढ्यो।

कारोबार रकमका आधारमा रिडी पावर, आँखुखोला जलविद्युत्, सोलु हाइड्रोपावर, नेसनल हाइड्रोपावर र खानीखोला हाइड्रोपावर अग्रस्थानमा रहे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय