FLASH NEWS
नबिल बैंक भिसा इन्टरनेशनलको दुई विधाका अवार्डद्वारा सम्मानित । १२.२६ प्रतिशत विद्युत चुहावट १२.१६ मा झर्‍यो । आनी छोइङ डोल्माको नियुक्तिविरूद्ध दायर भएको रिटमा कारण देखाउ आदेश जारी । प्रहरी महानिरीक्षक नियुक्तिविरुद्धको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार । प्रहरी महानिरीक्षक नियुक्तिविरुद्धको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार । निर्वाचन आयोगद्वारा फेरि पनि गगन नेतृत्वको काङ्ग्रेसलाई नै मान्यता । पूर्व राज्यमन्त्री संजय साह ‘टकला’ लाई रिहा गर्न माग गर्दै जनकपुरधाममा विरोध प्रदर्शन । शशांक कोइरालालाई महाधिवेशनका १५-२० समिति गठन गर्ने जिम्मेवारी । शेयरबजारमा सामान्य अंकको वृद्धि, ६ अर्ब १४ करोड बराबरको कारोबार । आईपीएल अक्सनका लागि नेपालका १० खेलाडीको नाम दर्ता । दुई किलो ३४८ ग्राम सुनसहित दुई महिला पक्राउ । आज फेरि सुनचाँदीको मूल्य घट्यो, तोलाको कति पुग्यो ? ।

२ भदौ, काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ४ लाख ६९ हजार १२२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आजदेखि उक्त सेयर बिक्री प्रक्रिया सुरु गरेको हो ।

बिक्रीमा राखिएको सेयरमध्ये १ लाख ५७ हजार ४७९ कित्ता सेयर बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद गर्न सक्नेछन् । विद्यमान संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र सेयर खरिदका लागि आवेदन दिनुपर्नेछ ।

त्यस्तै, बाँकी ३ लाख ११ हजार ६४३ कित्ता संस्थापक सेयर भने सर्वसाधारण लगानीकर्ताले समेत खरिद गर्न सक्नेछन् । सर्वसाधारणले पनि सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिनुपर्ने बैंकले जनाएको छ ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीबाट पर्याप्त आवेदन नपरेमा बाँकी सेयर अन्य व्यक्ति तथा संघसंस्थालाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।

सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनी तथा सर्वसाधारणले आफूले खरिद गर्न चाहेको सेयर संख्या खुलाएर काठमाडौंको नक्सालस्थित बैंकको केन्द्रीय कार्यालयमा रहेको कम्पनी सचिवको कार्यालयमा लिखित आवेदन दिनुपर्नेछ । बैंकले संस्थापक सेयर खरिद गर्न इच्छुक लगानीकर्तालाई तोकिएको समयसीमाभित्र आवेदन दिन आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय