FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

काठमाडौं। साताको कारोबारको चौथो दिन बुधबार सेयर बजारमा सामान्य गिरावट देखिएको छ। नेप्से परिसूचक ०.२६ अंकले घटेर २ हजार ६२२ अंकमा झरेको छ। अघिल्लो कारोबार दिन बजार १९.३४ अंकले घटेको थियो।

बजार परिसूचकमा खासै परिवर्तन नआए पनि कारोबार रकम भने उल्लेख्य घटेको छ। मंगलबार ५ अर्ब ७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा बुधबार कारोबार रकम ३ अर्ब २९ करोड रुपैयाँमा सीमित भएको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकम १ अर्ब ७८ करोड रुपैयाँ कम हो।

बुधबार ११० कम्पनीको सेयर मूल्य उकालो लाग्दा १५० कम्पनीको मूल्य घटेको छ। १८ कम्पनीको सेयर मूल्य भने अघिल्लो दिनकै स्तरमा कायम रह्यो।

कारोबारमा आएका सबै समूहगत सूचकमा १ प्रतिशतभन्दा कम उतारचढाव देखिएको छ। बैंकिङ समूह ०.०६ प्रतिशत, जलविद्युत् ०.०९ प्रतिशत, निर्जीवन बीमा ०.१४ प्रतिशत, अन्य समूह ०.१२ प्रतिशत र व्यापार समूह ०.७६ प्रतिशतले बढेका छन्।

यता विकास बैंक ०.०२ प्रतिशत, वित्त ०.२२ प्रतिशत, होटल तथा पर्यटन ०.३८ प्रतिशत, लगानी ०.२८ प्रतिशत, जीवन बीमा ०.३१ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.०४ प्रतिशत र लघुवित्त ०.३३ प्रतिशतले ओरालो लागेका छन्।

कारोबार रकमका आधारमा जलविद्युत् समूह अगाडि रह्यो। उक्त समूहमा मात्रै १ अर्ब ८४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। वाणिज्य बैंक समूहमा ३७ करोड तथा उत्पादन तथा प्रशोधन समूहमा ३५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय