FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

काठमाडौं- साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजारमा गिरावट आएको छ । अघिल्लो दिन एकल अंकले बढेको नेप्से परिसूचक आज दोहोरो अंकले घटेर बन्द भएको हो ।

आज कारोबार बन्द हुँदा नेप्से परिसूचक १०.६७ अंकले घटेर २ हजार ६१८.७२ विन्दुमा झरेको छ । बजारमा कुल ३४४ कम्पनीका सेयर कारोबार भएका थिए । जसमध्ये १९८ कम्पनीको सेयर मूल्य घटेको छ भने ७० कम्पनीको सेयर मूल्य बढेको छ । १० कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।

त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि १.५४ अंकले घटेर ४६१.३४ विन्दुमा पुगेको छ । कारोबार भएका १३ उपसूचकमध्ये म्युचुअल फन्डबाहेक सबै १२ वटा उपसूचक घटेका छन् ।

नेप्से घटेसँगै कारोबार रकममा पनि कमी आएको छ । आज १ करोड २२ हजार ७६५ कित्ता सेयर ५९ हजार ८०५ पटक खरिद-बिक्री हुँदा कुल ४ अर्ब १६ करोड ७६ लाख १८ हजार ८८२ रुपैयाँको कारोबार भएको छ ।

आज सर्वोत्तम पेन्ट्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै पञ्चकन्या माई हाइड्रोपावर, राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन तथा हाथवे इन्भेस्टमेन्ट नेपाललगायतका कम्पनीका लगानीकर्ताले पनि उल्लेख्य कमाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय