FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

काठमाडौं । नेपाली खानाको परम्परागत स्वादसँगै अन्तर्राष्ट्रिय परिकारको माग बढिरहेका बेला काठमाडौंको लाजिम्पाटमा सुल्तान अरबिक ग्रिल एण्ड पापाज् बार एण्ड ग्रिल सञ्चालनमा आएको छ ।

फिल्म निर्माता तथा व्यवसायी भविष्य खड्का र व्यवसायी केदारनाथ अधिकारीले अरबी साझेदारसँगको सहकार्यमा सुरु गरेको सुल्तान अरबिक ग्रिलमार्फत् नेपालमा अरबी खानाको स्वाद र परम्परालाई नेपाली तथा विदेशी ग्राहकसम्म पु¥याउने प्रयास गरिएको छ ।

सुल्तानको मेनुमा हुमस, मुताब्बल, बाबा गनौस, शोरमा, चिकेन कबाब, शिश ताउक, मन्डी र बिरयानी लगायतका एकसय बढि स्वाद दिने परिकारहरु समावेश छन् ।

सञ्चालक भविष्य खड्काले नेपालमा माइस पर्यटनको सम्भावना बढ्दै गरेको उल्लेख गर्दै अरबिक स्वादका लागि विशिष्ट गन्तव्य बन्ने विश्वास व्यक्त गरिन् ।

व्यवसायीक अरबी सेफ नै ल्याएर सुरु गरेको सुल्तान अरबिक ग्रिलले आफूलाई केवल रेस्टुरेन्टका रूपमा नभई अरबी खानासँग जोडिएको सांस्कृतिक तथा आतिथ्य अनुभवका रूपमा विकास गर्न खोजेको खड्काले बताइन् ।

खानासँगै पेय पदार्थ, संगीत, मनोरञ्जन र सामाजिक जमघटको लागि उपयुक्त वातावरण रहेको र परिवार, साथीभाइ, स्थानीय ग्राहक, पर्यटक तथा काठमाडौंमा रहेका विदेशी पाहुनालाई एउटै स्थानमा खानपान र मनोरञ्जनको अनुभव दिने उद्देश्यले सुल्तान ग्रिलसँगै पापाज ग्रिल एण्ड बार पनि एकै ठाउँमा सञ्चालनमा आएको छ ।

पापाज बारमा अन्तर्राष्ट्रिय नृत्यांगनाको आकर्षक नृत्यसँगै अतिथिहरूलाई मनोरञ्जन दिने व्यवस्था गरिएको छ ।

काठमाडौंको पर्यटन र आतिथ्य क्षेत्रमा नयाँ–नयाँ अन्तर्राष्ट्रिय स्वाद भित्रिँदै गर्दा सुल्तान अरबिक ग्रिलको प्रवेशलाई अरबियन खानालाई काठमाडौंको ग्यास्ट्रोनोमिक पर्यटनसँग जोड्ने नयाँ प्रयासका रूपमा पनि हेर्न सकिन्छ । विशेषगरी नेपाल आउने मध्यपूर्वी तथा अरबी मुलुकका पर्यटकका लागि परिचित स्वाद उपलब्ध गराउने र नेपाली ग्राहकलाई नयाँ पाक–संस्कृतिसँग परिचित गराउने उद्देश्य सञ्चालकले लिएका छन् ।

काठमाडौंमा रहेका विदेशी समुदाय, कूटनीतिक नियोगसँग जोडिएका व्यक्तिहरू, पर्यटक तथा नेपाली खानाका पारखीलाई लक्षित गर्दै नयाँ डाइनिङ अनुभव दिने र आगामी दिनमा सुल्तान हस्पिटालिटी सुरु गर्ने पनि खड्काले बताएकी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय