FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

१४ भदौ, काठमाडौं । नेपालका विभिन्न क्षेत्रमा हालै आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई तत्काल आर्थिक सहयोग पुर्‍याउने उद्देश्यले सिटी एक्सप्रेसले विश्वका विभिन्न मुलुकबाट नेपाल पैसा पठाउँदा लाग्ने सेवा शुल्क पूर्ण रूपमा मिनाहा गर्ने निर्णय गरेको छ।

कम्पनीले विपद्को कठिन घडीमा विदेशमा रहेका नेपालीले आफ्ना परिवारलाई सहज, छिटो र पूर्ण रकमसहित आर्थिक सहयोग पठाउन सकून् भन्ने उद्देश्यले बाढी आएको दिनदेखि नै उक्त विशेष सुविधा ल्याएको कम्पनीले जनाएको छ।

अब खाडी मुलुकका संयुक्त अरब इमिरेट्स ९यूएई०, साउदी अरब, कतार, कुवेत र ओमान लगायातबाट नेपाल पठाइने रेमिट्यान्समा सेवा शुल्क नलाग्ने भएको छ। त्यसैगरी एसिया–प्रशान्त क्षेत्रका जापान, दक्षिण कोरिया, मलेसिया र अष्ट्रेलियाबाट पनि निःशुल्क रेमिट्यान्स सेवा उपलब्ध हुने कम्पनीले जनाएको छ।

युरोपका बेलायत, रोमानिया, पोर्चुगल, माल्टा, डेनमार्क, क्रोएसिया, स्विडेन, नर्वे, जर्मनी र फ्रान्समा रहेका नेपालीले समेत यो सुविधाको लाभ लिन सक्नेछन्। ओसनिया क्षेत्रमा रहेको न्युजिल्यान्डबाट नेपाल पैसा पठाउँदा पनि सेवा शुल्क लाग्ने छैन।

विश्वभर फैलिएका सिटी एक्सप्रेस तथा यसका अन्य अन्तर्राष्ट्रिय च्यानलमार्फत पनि यो निःशुल्क सुविधा लागू गरिएको छ। यसबाट धेरै मुलुकमा रहेका नेपालीले नेपालमा रहेका आफ्ना परिवार तथा बाढीपहिरो प्रभावित आफन्तलाई आर्थिक सहयोग पठाउन सहज हुने अपेक्षा कम्पनीको छ।

यो सुविधा तत्काल प्रभावकारी रूपमा लागू गरिएको कम्पनीले जनाएको छ। सिटी एक्सप्रेसले विदेशमा रहेका नेपालीलाई विपद्को यस कठिन समयमा आफ्ना परिवार र प्रभावित समुदायलाई सहयोग गर्न उक्त सेवाको अधिकतम उपयोग गर्न आग्रह गरेको छ।

बिगत २० वर्षदेखि संसारभरबाट सहज, सुरक्षित र भरपर्दो रूपमा रेमिट्यान्स सेवा पुर्‍याउँदै आएको सिटी एक्सप्रेस नेपालको प्रमुख रेमिट्यान्स सेवा प्रदायक संस्था हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय