२५ भदौ, काठमाडौं । बिहीबार सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा ३ हजार ४०० रुपैयाँले र चाँदी तोलामा १०५ रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला ३ लाख ५ हजार ८०० रुपैयाँ कायम भएको छ । बुधबार सुन प्रतितोला ३ लाख २ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदी प्रतितोला ४ हजार ८५५ रुपैयाँ कायम भएको छ । बुधबार चाँदी प्रतितोला ४ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो ।
बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ४०८.६५ अमेरिकी डलर र चाँदी ६७.४७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।






