FLASH NEWS
सर्च इन्जिन अप्टिमाइजेसन (SEO) भनेको के हो? प्रकार, महत्व र काम गर्ने तरिका । प्रधानमन्त्री शाहसँग भारतीय विदेशमन्त्रीको शिष्टाचार भेट । नेपाल हिन्दु राष्ट्र हुनुपर्छ, धर्म र राजनीति सँगसँगै अघि बढ्नुपर्छ : राजेन्द्र लिङ्देन । अयोध्या–जनकपुरधाम रेल : जनकपुरधाममा उत्साह । एसिया कप राइजिङ स्टार्स : युएईविरुद्ध नेपालको सानदार जित । प्रधानमन्त्री बालेन्द्र शाह नयाँदिल्लीमा । सकियो एनपीएल–३ : यस्ता छन् रोचक तथ्य,रेकर्ड र पुरस्कार । ३५ सदस्यीय प्रतिनिधिमण्डलसहित प्रधानमन्त्री शाह भारत प्रस्थान । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण दलमा को को ? । कात्तिकमा ६४ हजार दर्शनार्थीले गरे पाथीभरा दर्शन, भेटी झन्डै ५० लाख । आजको मौसम : कोशी र मधेशमा हल्का वर्षाको सम्भावना, हिमाली क्षेत्रमा हिमपात हुन सक्ने । प्रधानमन्त्री शाह आज भारतको भ्रमणमा जादै ।

६ मङ्सिर, ताप्लेजुङ । ताप्लेजुङस्थित पाथीभरा मन्दिरबाट कात्तिक महिनामा झन्डै ५० लाख रुपैयाँ भेटी संकलन भएको छ । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार कात्तिक महिनामा ४९ लाख ८७ हजार २०० रुपैयाँ भेटी संकलन भएको हो ।

कात्तिक महिना मात्र पाथीभरामा ६४ हजार १०६ जना दर्शनार्थी पाथीभरा मन्दिरको दर्शनका लागि आएका थिए । त्यतै असोज महिनामा १६ लाख ४१ हजार १५० रुपैयाँ भेटी संकलन भएको थियो भने भदौमा २३ लाख ६७ हजार रुपैँया भेटी संकलन भएको पाथीभरा क्षेत्र विकास समितिको तथ्याङ्क रहेको छ पाथीभरा क्षेत्र विकास समितिले संकलित भएको भेटीमध्ये हरेक महिना गणना भएको रकम सार्वजनिक गर्दै आइरहेको छ ।

पाथीभरामा कात्तिक २८ गते शनिबार विगत वर्ष यताकै एकै दिन धेरै दर्शनार्थी आएका थिए । पाथीभरा क्षेत्र विकास समितिका सूचना प्रविधि प्रमुख सन्तोष पुर्कुटीका अनुसार उक्त दिन ११ हजार २७२ जनाले मन्दिरको दर्शन गरेका थिए । तीन हजार ७९४ मिटर उचाइमा रहेको पाथीभरा धाम पुग्न धरान–माझीटार हुँदै तमोर करिडोर वा झापाको बिर्तामोडबाट इलाम–पाँचथर हुँदै मेची राजमार्ग प्रयोग गर्न सकिन्छ ।

सुकेटारसम्म पक्की सडक रहेको छ भने काफ्लेपाटीसम्म कच्ची सडक रहेको छ । त्यस्तै काठमाडौं—सुकेटार हावाईमार्ग समेत प्रयोग गर्न सकिने छ । क्षेत्र विकास समितिका अनुसार काफ्लेपाटीदेखि पाथीभरा पुग्न पाँच किलोमिटर पैदल यात्रा गर्नुपर्ने हुँदा श्रद्धालुहरूका लागि यात्रा विशेष बन्ने गरेको छ । पैदल मार्गलाई व्यवस्थित बनाउन विभिन्न स्थानमा पानी र हिउँबाट जोगिने फाइबर छाना राखिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय