FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

३१ भदौ, काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले २२औं वार्षिक साधारण सभा आगामी असोज २२ गते गर्ने भएको छ । बैंकको भदौ ३० गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । बैंकका अनुसार साधारण सभा काठमाडौंको गैरीधारास्थित एलिस रिसेप्सनमा बिहान १०ः३० बजे सुरु हुनेछ ।

सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई ४ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने करसहित ६.५२६३ प्रतिशत नगद लाभांश गरी कुल १०।५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

यस्तै, उपयुक्त बैंक तथा वित्तीय संस्थासँग गाभ्ने÷गाभिने वा प्राप्ति (मर्जर तथा एक्विजिसन) सम्बन्धी प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई आवश्यक अख्तियारी दिने प्रस्ताव पनि सभामा पेश हुनेछ ।

सभामा अध्यक्षद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८२/÷८३ को वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित वित्तीय विवरण पारित गर्ने कार्यसूची रहेको छ । साथै, चालु आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरिनेछ ।

बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि असोज ८ देखि २२ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसअनुसार असोज ७ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनी मात्र लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागी हुन योग्य हुनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय