५ असोज, काठमाडौं । सोमबार सुनको मूल्य घटेको छ । चाँदीको मूल्य बढेको छ । आज सुन तोलामा १ हजार ३०० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला ३ लाख ३ हजार ९०० रूपैयाँ कायम भएको छ । आइतबार सुन प्रतितोला ३ लाख ५ हजार २०० रूपैयाँमा कारोबार भएको थियो ।
सोमबार चाँदीको मूल्य तोलामा १० रुपैयाँ बढेको छ । प्रतितोला ४ हजार ८०५ रूपैयाँ कायम भएको छ । आइतबार चाँदी प्रतितोला ४ हजार ७९५ रूपैयाँमा कारोबार भएको थियो ।
आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ३५४.०९ अमेरिकी डलर र चाँदी ६६.१५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।






