FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

८ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारदेखि एक हजार दरका नयाँ नोट चलनचल्तीमा ल्याएको छ । पहिलेभन्दा केही रङ परिमार्जन गरी नयाँ एक हजार दरको नयाँ नोट (सिरिज २०२५) चलनचल्तीमा ल्याइएको हो । उक्त नोट आजदेखि लागु हुने गरी जारी गरिएको केन्द्रीय बैंकले जानकारी दिएको छ ।

नयाँ नोटको रङ बैजनी घेराभित्र फिक्का हरियो रहेको छ । यो नोटको संकेत नम्बर ट/५२ ०००००१ देखि त/५० ९९९९९९ सम्म रहेको छ । नोटको अगाडिपट्टीको मध्य भागमा गभर्नर प्रा.डा. विश्वनाथ पौडेलको दस्तखत रहेको छ भने तल्लो भागमा सिरिज नम्बर वि.सं. २०८२ लेखिएको छ ।

यसअघि २०७७ साउन ३ गतेदेखि चलनचल्तीमा ल्याइएको रु. १००० दर (सिरिज २०१९) को बैंकनोट संकेत नम्बर ज/६८ ०००००१ देखि ट/५१ ४४०००० सम्म मात्र जारी गरिएको थियो । त्यसपछिको संकेत नम्बर ट÷५२ ०००००१ बाट नयाँ सिरिज २०२५ को नोट निष्कासन सुरु गरिएको राष्ट्र बैंकले स्पष्ट पारेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय