१५ असोज, काठमाडौं । बिहीबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला २ लाख ९३ हजार ३०० रुपैयाँ कायम भएको छ ।
यो बुधबार कायम भएको मूल्य हो । बिहीबार चाँदी प्रतितोला ४ हजार ४२५ रुपैयाँ कायम भएको छ । बुधबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।
बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार १७८.८३ अमेरिकी डलर र चाँदी ६१.१९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।






