FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

१८ असोज, काठमाडौं । बाढी र पहिरोका कारण देशभरका विभिन्न प्रदेशका प्रमुख राजमार्ग तथा सडकखण्डहरू प्रभावित भएका छन् ।

नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार विभिन्न स्थानमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध तथा एकतर्फी रूपमा मात्र सञ्चालनमा आएका छन् ।

बाढीका कारण गत १० गते बिहान १०ः३० बजेदेखि रसुवा जिल्लाका सबै मुख्य राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध रहेका छन् । यी सडक खण्डहरू अर्को सूचना नआएसम्मका लागि बन्द नै रहने जनाइएको छ ।

पहिरो खसेका कारण बेनी-जोमसोम सडक खण्ड अन्तर्गत रघुगंगा गाउँपालिका-०२ बैसरी र अन्नपूर्ण गाउँपालिका-०३ सुकेबगरमा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

बाढीका कारण गत ८ गते दिउँसो १६ बजेदेखि अवरुद्ध रहेको बेशीसहर हुँदै खाङसारसम्म जाने सडक हाल एकतर्फी रूपमा सुचारु भएको छ ।

कालीगण्डकी करिडोर अन्तर्गत बुलिङ्टार गाउँपालिका-६ घुमाउरी घाटमा असोज १० गते बेलुकी १९ः३० बजे गएको पहिरोपछि सडक एकतर्फी सुचारु गरिएको छ ।

त्यस्तै, सोही करिडोरको बौदिकाली गाउँपालिका-३ जन्ती पहिरोमा असोज १४ गते दिउँसो १६स्४५ बजे गएको पहिरोका कारण सडक एकतर्फी रूपमा मात्र चलेको छ भने उक्त स्थानबाट ठूला सवारीसाधन आवतजावत गर्न नसक्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय