FLASH NEWS
सिन्धुलीमा जीप दुर्घटना: चालकको मृत्यु, चार जना घाइते । सबै पालिकामा ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्दै कांग्रेस । आफूले आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाइयो : डा.शशांक कोइराला । ठमेलबाट ३ किलो कोकेनसहित ८७ वर्षीय दक्षिण कोरियाली र २८ वर्षीय भारतीय नागरिक पक्राउ । काँग्रेसको आधिकारिता आफुहरुले पाउने देउवाको दाबी । अनुसन्धानका नाममा सरकारले पूर्वाग्रह र प्रतिशोध राखेर काम गर्नुहुँदैन : गगन थापा । अयोध्यामा तिलकोत्सव सम्पन्न, विवाहपञ्चमीमा जन्ती बनेर आउन निम्तो दिइयो । मंसिर २६ देखि काठमाडौंमा राप्रपाको महाधिवेशन, राप्रपाको क्रियाशील सदस्य एक लाख १० हजार । छन्दसाधना पुरस्कार–२०८३ बाट निर्मोही व्यास र सिर्जना अर्याल पुरस्कृत । प्रतितोला २ हजार रुपैयाँले बढ्यो सुन, २ लाख ४६ हजार १०० रुपैयाँमा कारोबार । मेची–महाकाली हुलाकी सडक पदयात्रा : सर्लाही–४ हुँदै रौतहटतर्फ लागे सांसद डा. अमरेशकुमार सिंह । अस्ट्रेलियामा नेपालीको संख्या १० वर्षमै पाँच गुणाले वृद्धि ।

१३ मङ्सिर, ललितपुर। नेपाली कांग्रेसले आगामी स्थानीय तहको निर्वाचनलाई ध्यानमा राख्दै देशभरका ७५३ वटै पालिकामा पार्टी सङ्गठन विस्तार, नेतृत्व विकास र सम्भावित उम्मेदवार पहिचान गर्ने उद्देश्यले ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने तयारी गरेको छ।

पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज आयोजित कार्यक्रममा सभापति गगनकुमार थापाले अभियानका लागि खटिने प्रतिनिधिलाई अभिमुखीकरण गर्नुभयो। उहाँले अभियानका क्रममा पालिकास्तरीय पार्टी सदस्यको भेला गरी १५औँ महाधिवेशनबाट पारित नीति, कार्यक्रम, राजनीतिक प्रतिबद्धता, प्रतिपक्षको भूमिका र स्थानीय सरकारप्रतिको दृष्टिकोणबारे जानकारी गराउन निर्देशन दिनुभयो।

कांग्रेसले स्थानीय तहका सम्भावित उम्मेदवारलाई लक्षित गरी ‘लिडरसिप एकेडेमी’मार्फत नेतृत्व विकाससम्बन्धी ४० देखि ४५ दिनको पाठ्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ। मेयर, उपमेयर, गाउँपालिका अध्यक्ष तथा वडाध्यक्षका आकाङ्क्षीलाई स्थानीय सरकारका अधिकार, शिक्षा, स्वास्थ्य, सार्वजनिक वित्त र सुशासनलगायत विषयमा प्रशिक्षण दिइने सभापति थापाले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय