१३ मंसिर, काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले बढेको हो ।
महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ४८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन प्रतितोला २ लाख ४६ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार प्रतितोला ३ हजार १९५ रुपैयाँ रहेको चाँदी आज ३ हजार २१५ रुपैयाँ पुगेको छ ।
महासंघका अनुसार आज १० ग्राम सुनको मूल्य २ लाख १२ हजार ७०५ रुपैयाँ र १० ग्राम चाँदीको मूल्य २ हजार ७५६ रुपैयाँ कायम भएको छ ।
नेपालमा अन्तराष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण हुन्छ । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ६५३.९७ र चाँदी ४३.७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।








