FLASH NEWS
ठमेलबाट ३ किलो कोकेनसहित ८७ वर्षीय दक्षिण कोरियाली र २८ वर्षीय भारतीय नागरिक पक्राउ । काँग्रेसको आधिकारिता आफुहरुले पाउने देउवाको दाबी । अनुसन्धानका नाममा सरकारले पूर्वाग्रह र प्रतिशोध राखेर काम गर्नुहुँदैन : गगन थापा । अयोध्यामा तिलकोत्सव सम्पन्न, विवाहपञ्चमीमा जन्ती बनेर आउन निम्तो दिइयो । मंसिर २६ देखि काठमाडौंमा राप्रपाको महाधिवेशन, राप्रपाको क्रियाशील सदस्य एक लाख १० हजार । छन्दसाधना पुरस्कार–२०८३ बाट निर्मोही व्यास र सिर्जना अर्याल पुरस्कृत । प्रतितोला २ हजार रुपैयाँले बढ्यो सुन, २ लाख ४६ हजार १०० रुपैयाँमा कारोबार । मेची–महाकाली हुलाकी सडक पदयात्रा : सर्लाही–४ हुँदै रौतहटतर्फ लागे सांसद डा. अमरेशकुमार सिंह । अस्ट्रेलियामा नेपालीको संख्या १० वर्षमै पाँच गुणाले वृद्धि । सर्लाहीमा धारिलो हतियार प्रहार गरी मोटरसाइकल लुटपाट, एक जना घाइते । यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य । ‘हामी तयार छौँ अभियान’ का लागि कांग्रेसले आज अभिमुखीकरण दिने ।

१३ मंसिर, जनकपुर । विवापञ्चमी महोत्सवमा जन्ती बनेर आउन अयोध्यामा तिलकोत्सव गरिएको छ ।

जनकपुरधामबाट भार लिएर अयोध्या पुगेका ५२ सदस्यीय टोलीले अयोध्यामा आईतबार आज) विधिपूर्वक तिलकोत्सव विधि सम्पन्न गरेको छ ।

जनकपुरधाम उपमहागरपालिकाका मेयर मनोज कुमार साहले माता सीताको अभिभावक सरह भगवान रामको अभिभावकका रुपमा रहेका अयोध्याका मेयर घ्रीसपाठ तीवारीलाई आमन्त्रण पत्र दिएका छन् ।

उनले धार्मिक विधि सम्पन्न गर्दै जन्ती बनेर विवहापञ्चमी महोत्सवमा सहभागी हुन निमन्त्रणा दिएका छन् ।

तिलकोत्सव समारोहमा मिथिलाको परम्परा अनुसार जनकपुरधामका महिला टोलीले पारम्परीक गीत प्रस्तुत गरेका थिए । समारोहमा भगवान राम र माता सीताको स्वरुप तयार गरी पूजा गरिएको थियो ।

सोअवसरमा जनकपुरधाम उपमहानगरपालिकाका मेयर साहले अयोध्या जनकपुरधाम रेल सुरु भएकोले यस वर्ष विगतका वर्षहरु भन्दा बढि श्रद्धालु महोत्सव हेर्न जनकपुरधाम आउने विश्वास व्यक्त गरे । त्यस्तै अयोध्याका मेयर तिवारीले दुबै देशबीचको सम्बन्ध पौराणिक र अटुट भएको उल्लेख गरे ।

यही मंसिर २८ गत्ते हुने विवाहपञ्चमी महोत्सवका लागि धुमधामका साथ जनकपुरधाममा तयारी भइरहेको छ । प्रत्येक वर्ष अयोध्याबाट जन्ती बोलाउनका निम्ति अयोध्यामा तिलकोत्सव कार्यक्र गरिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय