FLASH NEWS
ठमेलबाट ३ किलो कोकेनसहित ८७ वर्षीय दक्षिण कोरियाली र २८ वर्षीय भारतीय नागरिक पक्राउ । काँग्रेसको आधिकारिता आफुहरुले पाउने देउवाको दाबी । अनुसन्धानका नाममा सरकारले पूर्वाग्रह र प्रतिशोध राखेर काम गर्नुहुँदैन : गगन थापा । अयोध्यामा तिलकोत्सव सम्पन्न, विवाहपञ्चमीमा जन्ती बनेर आउन निम्तो दिइयो । मंसिर २६ देखि काठमाडौंमा राप्रपाको महाधिवेशन, राप्रपाको क्रियाशील सदस्य एक लाख १० हजार । छन्दसाधना पुरस्कार–२०८३ बाट निर्मोही व्यास र सिर्जना अर्याल पुरस्कृत । प्रतितोला २ हजार रुपैयाँले बढ्यो सुन, २ लाख ४६ हजार १०० रुपैयाँमा कारोबार । मेची–महाकाली हुलाकी सडक पदयात्रा : सर्लाही–४ हुँदै रौतहटतर्फ लागे सांसद डा. अमरेशकुमार सिंह । अस्ट्रेलियामा नेपालीको संख्या १० वर्षमै पाँच गुणाले वृद्धि । सर्लाहीमा धारिलो हतियार प्रहार गरी मोटरसाइकल लुटपाट, एक जना घाइते । यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य । ‘हामी तयार छौँ अभियान’ का लागि कांग्रेसले आज अभिमुखीकरण दिने ।

१३ मंसिर, सर्लाही । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेशकुमार सिंहको नेतृत्वमा सञ्चालित मेची–महाकाली हुलाकी सडक पदयात्रा सर्लाहीबाट रौतहटतर्फ अगाडि बढेको छ ।

महोत्तरी जिल्लाबाट शनिबार बिहान सर्लाही प्रवेश गरेका सांसद सिंह शनिबार साँझ जिल्ला सदरमुकाम मलङ्गवा आइपुगेका थिए । उनले शनिबार राति मलङ्गवामै बास बसेपछि आइतबार बिहान पुनः आफ्नो पदयात्रालाई निरन्तरता दिँदै हुलाकी सडकमार्ग हुँदै रौतहटतर्फ प्रस्थान गरे ।

सांसद सिंह मलङ्गवाबाट कौडेना हुँदै आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ को गोडैता र बलरा भएर बागमती नदी पार गरी रौतहट जिल्लामा प्रवेश गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

जनताको आवाज सुन्ने, राष्ट्रिय एकता, सुशासन र समृद्धिको सन्देश प्रवाह गर्ने उद्देश्यले मेची–महाकाली हुलाकी सडक पदयात्रा सञ्चालन गरेको सांसद सिंहले बताए ।

उक्त अभियानका क्रममा सर्लाहीमा साथ, सहयोग, समर्थन तथा आत्मीय स्वागत गर्ने सम्पूर्ण नेता, कार्यकर्ता, शुभेच्छुक एवं आम जनसमुदायप्रति सांसद सिंहले हार्दिक आभार तथा धन्यवाद व्यक्त गरे ।

यसैबीच, शनिबार साँझ मलङ्गवामा सांसद सिंहलाई कालो झण्डा देखाउने क्रममा पक्राउ परेका चार जना रिहा भएका छन । उनीहरूलाई गएराति मध्यरातमा प्रहरीले छाडेको हिन्दु सम्राट सेनाका नेता कृष्ण यादवले जानकारी दिए ।

सांसद सिंहले हिन्दुविरोधी अभिव्यक्ति दिएको आरोप लगाउँदै हिन्दु सम्राट सेनाका कार्यकर्ताहरूले उहाँलाई कालो झण्डा देखाएका थिए । सोही क्रममा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय