१९ असोज, काठमाडौं । सोमबार सुनको मूल्य घटेको छ । चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेर प्रतितोला २ लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार सुन प्रतितोला २ लाख ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । आइतबार प्रतितोला ४ हजार ३९० रुपैयाँमा कारोबार भएको चाँदी आज ४० रुपैयाँले बढेर प्रतितोला ४ हजार ४३० रुपैयाँ कायम भएको छ ।
आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार १३१.६ अमेरिकी डलर र चाँदी ६०.९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।






