FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

२० असोज, काठमाडौं । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी वायु तथा कोशी, मधेश, बागमती प्रदेशको सबै भूभाग र गण्डकी र लुम्बिनी प्रदेशको बाँकी भूभागमा मनसुनी वायुको साथै पश्चिमी वायूको आंशिक प्रभाव समेत रहेको छ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा साधारणतया बादल लागेको छ। बाँकी भूभागमा आंशिक बादल लागेको छ । लुम्बिनी प्रदेशको थोरै स्थानमा तथा कोशी, बागमती र गण्डकी प्रदेशको एक/दुई स्थानमा मध्यमसम्मको वर्षा भईरहेको छ ।

आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका साथै कोशी प्रदेशको पहाडी र हिमाली भूभाग र कर्णाली प्रदेशको पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । मधेश प्रदेश, कोशी प्रदेशको तराई भूभाग, कर्णाली प्रदेशको हिमाली भूभागमा आंशिक बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागको थोरै स्थानमा मध्यमसम्मको तथा कर्णाली प्रदेशको हिमाली भूभागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । देशको पहाडी र तराई भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ।

आज राति देशभर आंशिक देखि साधारणतया बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी प्रदेशको हिमाली भूभागका एक/दुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना छ। देशको पहाडी भूभागको एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागको एक/दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय