FLASH NEWS
यस्तो छ, शुक्रबार विदेशी मुद्राको विनिमयदर । आजको मौसम : देशभर मौसम मुख्यतया सफा रहने, हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना । अमेरिकन डलर साटिदिने प्रलोभनमा पारी ठगी गर्ने व्यक्ति पक्राउ । त्रिभुवन आदर्श बहुमुखी क्याम्पसमा आर्थिक अनियमितता । ओरालो लाग्यो नेप्से, १०.८९ अंकले घटेर २६३६.७५ विन्दुमा कायम । पूर्वकप्तान रोहितकुमार पौडेल विवाह बन्धनमा बाँधिए, सिम्रन खड्कासँग थाइल्यान्डमा गरे विवाह । कान्तिपुर फर्मास्यूटिकल्सको आईपीओ आजदेखि खुला । तीन वर्षपछि पर्दामा भुवन–अर्जुनको पुनर्मिलन, अंग्रेजी नयाँ वर्षबाट सुटिङको तयारी । तोलामा १४०० ले बढ्यो सुनको मूल्य, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि । जटिल प्रसूति समस्यामा परेकी बाजुराकी २० वर्षीया महिलाको हवाई उद्धार । सामुहिक गिरफ्तारीको आव्हान गर्दै स्याङ्जामा पनि पत्रकारहरुले बिरोध प्रदर्शन । एक महिनादेखि बेपत्ता युवतीको खोजीको माग गर्दै दुहबीमा प्रदर्शन ।

२१ असोज, झापा । झापाको बिर्तामोड नगरपालिका–४ भद्रपुर रोडस्थित फर्निचर उद्योगबाट बुधबार आगलागी हुँदा आसपासका पाँच घरमा क्षति पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार भद्रपुर लाइनमा रहेको फर्निचर उद्योगबाट सुरु भएको आगो आसपासका घरमा फैलिएको हो । आगलागीबाट पाँच घरमा क्षति पुगे पनि मानवीय क्षति भने नभएको उनले जानकारी दिए ।

‘मानवीय क्षति भएको छैन, आगलागीबाट चारदेखि पाँच घरमा क्षति पुगेको छ,’उनले भने, ‘क्षतिको विवरण सङ्कलन भइरहेको छ ।’

आगलागी नियन्त्रणका लागि चारवटा दमकलसहित प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासी परिचालन भएका थिए । उनीहरूको प्रयासमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आगलागीको प्रारम्भिक कारण विद्युत् सर्ट हुन सक्ने अनुमान गरिएको छ । यद्यपि घटनाको वास्तविक कारण र आगलागीबाट भएको क्षतिको विस्तृत विवरण सङ्कलन तथा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय