FLASH NEWS
सामुहिक गिरफ्तारीको आव्हान गर्दै स्याङ्जामा पनि पत्रकारहरुले बिरोध प्रदर्शन । एक महिनादेखि बेपत्ता युवतीको खोजीको माग गर्दै दुहबीमा प्रदर्शन । २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ९१० जनालाई कारबाही । यस्तो छ, बिहीबार विदेशी मुद्राको विनिमयदर । नेपथ्य’ को साङ्गीतिक प्रस्तुतिमा झुमे बेनीका दर्शक । २२ वर्षपछि एउटै फिल्ममा उत्तम र निरुता, शुक्रबारदेखि प्रदर्शनमा आउने । कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक । आज देशभर मौसम मुख्यतया सफा रहने, तराईका केही स्थानमा हुस्सु र कुहिरो लाग्ने । नवलपुरमा जन्ती बोकेको जिप दुर्घटना, एक जनाको मृत्यु ११ जना घाइते । नबिल बैंक भिसा इन्टरनेशनलको दुई विधाका अवार्डद्वारा सम्मानित । १२.२६ प्रतिशत विद्युत चुहावट १२.१६ मा झर्‍यो । आनी छोइङ डोल्माको नियुक्तिविरूद्ध दायर भएको रिटमा कारण देखाउ आदेश जारी ।

१० मङ्सिर, स्याङ्जा । नेपाल पत्रकार महासंघको आवाहानमा देशभर भएको प्रदर्शनका क्रममा बुधबार स्याङ्जामा पनि पत्रकारहरुले जिल्ला प्रशासन कार्यालय पुगेर बिरोध प्रदर्शन गर्दै सरकारलाई सामुहिक गिरफ्तारीको चुनौती दिएका छन् ।

महासंघको ठाडोलाईन स्थित कार्यालयबाट निस्केको पत्रकारहरुको जुलुस जिल्ला प्रशासन कार्यालय पुगेर धर्नामा परिणत भएको थियो ।

झन्डै आधा घन्टा कालो ब्यानर सहित धर्नामा बसेका पत्रकारहरुले श्रमजीवी पत्रकार ऐन लागू गर, संचारमाध्यमका कार्यालय अगाडि गाडी पार्किङ गर्ने काम बन्द गर, लोककल्याणकारी बिज्ञापनको भुक्तानी नियमित गर, निकालिएका पत्रकारको पुनर्बहाली गर, श्रम ऐनले तोकेको पारिश्रमिक भुक्तानी दे जस्ता नारा लगाउदै प्रमुख जिल्ला अधिकारीलाई धरनर्ना र बिरोध कार्यक्रमबारे जानकारी गराएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय